माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ । आकस्मिक रूपमा बसेको पार्टीको पदाधिकारी बैठककले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकले जेन जी आन्दोलनमा क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्नुपर्नेलगायतका माग गर्दै निम्न ८ बुँदे माग अघि सारेको छ ।

उनले भने, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति जेन(जी पुस्तासँग हाम्रो धारणा समान छ। त्यसैले आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा सञ्चालन गर्न अपिल गरिन्छ। इतिहासकै कलङ्कको रूपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्दछ, र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ।

शेयर गरौ

ताजा अपडेट