चितवन । चितवनको भरतपुरस्थित फोटो तथा कस्टमाइज्ड गिफ्ट सेवा प्रदायक डि मल्टी स्टुडियोले आफ्नो अफिसियल वेबसाइट लन्च गरेको छ।
सो स्टुडियोले ग्राहकहरुको सहजताका लागि घरमै बसेर सजिलै अर्डर गर्न सक्ने सुविधासहित मार्फत सेवा दिने भएको हो। उक्त स्टुडियोका सञ्चालक देव चापागाईंका अनुसार वेबसाइटमा फोटो प्रिन्ट, फोटो फ्रेम, कस्टमाइज्ड गिफ्ट आइटम, वरमाला, दुवोको माला, बुके लगायतका विभिन्न वस्तुहरूको सम्पूर्ण विवरण, प्रयोग गरिएको क्वालिटी र उपलब्ध साइज हेरेर सजिलै अर्डर गर्न सकिन्छ।
ग्राहकहरूको सहजताका लागि सो वेवसाईट लग ईन नगरी अर्डर गर्ने सुविधा उपलब्ध गराएको हो। जसमा पूरा नाम, ठेगाना र सम्पर्क नम्बर भरेपछि स्टुडियोका प्रतिनिधिहरूले कन्फर्मेसनका लागि मेसेज वा कल गर्नेछन्। त्यसपछि डिजाइन प्रिभ्यू देखाएर फाइनल गरिने र ग्राहकको चाहनाअनुसार मात्र उत्पादन तयार गरिने छ। त्यस्तै, लग ईन गरेर आफ्नो अर्डर तयार हुँदै गरेको, डिजाइन भएको, प्रिन्ट भएको, फ्रेमिङ्ग भएको र प्याकिङ्ग भई डेलिवेरीलाइ गएको लगायतका अवस्था बारे जानकारी लिन समेत सकिने छ ।
वेबसाइटमा रहेका Best Deals Today सेक्सनमा दैनिक विशेष छुट भएका सामानहरू राखिने छन्, साथै New Product सेक्सनमा नयाँ उत्पादनहरूको जानकारी उपलब्ध हुनेछ। साथै, विशेष अवसरका लागि स्पेशल प्याकेज अफर पनि सुरु गरिएको छ।
पछिल्लो समय अनलाइन स्क्यामको भयलाई ध्यानमा राख्दै, डि मल्टी स्टुडियोले सम्पूर्ण अर्डरमा Cash on Delivery (COD) नीति लागू गरेको छ, जसअन्तर्गत सामान प्राप्त गरेपछि मात्र भुक्तानी गर्न सकिनेछ।


