प्रहरी महानिरीक्षक खनाल कड्किए ः ‘नियतबस गल्ती गर्ने प्रहरीलाई छाडिदैन’

चितवन समाचार डटकम
चितवन २७ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नियतवस प्रहरीले गर्ने गल्तीलाई कदापी माफी दिन नसक्ने बताउनु भएको छ ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको परिसरमा नवनिर्मित ब्यारेक भवनको सोमबार एक समारोहबीच उद्घाटन र्गै सो कुरा बताउनु भएको हो । प्रहरी संगठन व्यक्तिगत फाइदाको लागि सिंगो संगठनलाई वदनाम गर्न खोज्नेलाई कुनै हालतमा नछाड्ने बताउनु भयो ।
उहाले भन्नु भयो घुस लिने र दिने दुवैलाई कार्वाही गरिने छ । प्रहरीलाई नचाहिने काममा उत्प्रेरित गर्ने व्यक्तिलाई समेत कार्बाही गर्ने जानकारी दिनु भयो । ‘हिजोको दिनमा के ग¥यो भन्ने सम्बन्ध छैन, उहाँले भन्नुभयो, ‘आज के गर्दैछौ भन्ने मुख्य कुरा हो ।’ प्रहरी संगठन सुदृढीकरणका लागि नेपाल प्रहरीमा हुने भर्ना प्रकृयामा भन सुन नचल्ने दावी गर्नु भयो । प्रहरीले इमानदारीतापूर्वक कार्य सम्पदान गरे मात्र प्रहरी संगठनको श्रीवृद्धि हुने उहाँको भनाई थियो । खनालले प्रहरी संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन प्रविधियुक्त संरचना निर्माण गर्ने काम अघि बढिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा उहाले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको परिसरमा नवनिर्मित २ वटा ब्यारेक भवनको उद्घाटन गर्नु भयो । कुल २४ वटा ब्यारेक हल भएको ३ तले २ वटा सुविधा सम्पन्न भवनको नेपाल प्रहरीको नियमित बजेटबाट करिब ७ करोड ७३ लाख ९९ हजार रुपयाँको लागतमा निर्माण कार्य सम्पन्न गरिएको हो ।
कार्यक्रममा शिक्षालयका निर्देशक एवम प्रहरी नायब महानिरीक्षक महेन्द्रकुमार पोखरेल, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्नेत लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट