जापानिज इन्सेफलाइटिसबाट कसरी बच्ने

जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर, बंगुर, हाँस जस्ता पशुपक्षीलाई टोकेपछि मानिसलाइ टोक्यो भने सर्दछ। मानिस बाट मानिसमा सर्दैन ।

यस रोगमा लक्षणहरु

अचानक उच्च ज्वरो आउनु ।
बेस्सरी टाउको दुख्नु ।
बान्ता हुनु ।
शरिर काम्नु ।
घाँटी अररो हुनु ।
बेहोस हुनु ।

यो रोग लागे पछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिना साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ ।

यसबाट बच्ने उपायहरु

लामखुट्टेको टोकाइबाट बच्ने ।
घरवरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।
वालवालिकालाई यो रोग विरुद्धको खोप लागाइदिने ।
सुंगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशुपंक्षीहरुलाई व्यवस्थित तरिकाले घर देखि टाढा राखी पाल्ने ।
सम्भव भए सम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने ।

बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जनस्वास्थ्य कार्यालय, चितवन

शेयर गरौ

ताजा अपडेट