विद्यान अधिवेशनले पार्टीलाई थप मजवुद पार्छ

चितवन ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिको विषयमा विद्यान अधिवेशनले थप प्रष्ट पार्ने बताउनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी चितवनको वैठकमा सम्वोधन गर्दै उहाले केन्द्रीय कमिटीको वैठकले सम्मानित पदमा वसेको व्यक्ति राजनीतिमा सक्रिय हुनु हुदैन भनेर प्रष्ट पारिसेको छ । विद्यान अधिवेशनमा थप छलफल हुने भएकाले अझ प्रष्ट पार्ने बताउनुभयो । उहाले भन्नुभयो “देशका प्रमुख पदमा बसेको हुँदा राजनीतिमा आउनु राम्रो हुँदैन भनेर निर्णय भएको छ । तर विधान अधिवेशनले उल्ट्याउन पनि सक्ने अधिकार रहेकोले अधिवेशनसम्म कुर्नु पर्ने हुन्छ ।”
वैठकमा सम्वोधन गर्दै उहाले राष्ट्रको सम्मानित व्यक्तिलाई संविधानले नै पार्टी राजनीति गर्न नपाउने गरी प्रष्ट व्यवस्था गर्नुपर्ने बताउनुभयो । दोश्रो तहका नेताले नेतृत्व लिन नेतृत्व विकास गरी अगाडि बढ्नु पर्दछ उहाले भन्नुभयो त्यसो गर्दा कोही पनि विवादित बन्नु पर्दैन । उहाले एमालेको सरकारले गरेको राम्रो काम देखेर विपक्षीहरुले आलोचना गरेको बताउनुभयो । इन्चार्ज भट्टराईले भन्नुभयो “केपी ओलीकै पालमा भएका राष्ट्रिय गौरवका आयोजनाहरु धमाधाम सम्पन्न हुने क्रममा रहेको छ । विकास हाम्रै पालमा हुने देखेपछि सरकारको आलोचना भएको छ ।”
समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार ओलीको नेतृत्वमा रहेको सरकारले सुशासन र विकासले गति लिएको बताउनुभयो । आलोचना गर्नेको पछाडि नलागी पार्टी र जनताको काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले विद्यान अधिवेशनले एमालेलाई थप मजवुद पारेर लैजाने बताउनुभयो । “पूर्व राष्ट्रपतिलाई हामी सम्मान गर्दछौ, उहाँ देशको अभिभावक हो उहाँलाई त्यही स्थानमा राख्न चाहेका छौ” अधिकारीले भन्नुभयो “पार्टी राजनीतिमा आउन मिल्ने नमिल्ने विषयमा अधिवेशनले टुङ्गो लगाउँदछ ।” उहाले नेकपा एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बनाउने कार्यमा लाग्ने बताउनुभयो । “हामी तल्लो तहको कार्यकर्तालाई बुझ्न नसक्दा क्षमताको पहिचान हुन सकेको छैन । एउटै व्यक्ति पटक पटक मन्त्री बन्ने तर काम नगर्ने प्रवृत्तिले पनि जनतामा निरासा छाइरहेको छ । त्यस्तो अवस्था हाम्रो पार्टीमा पनि रहेको छ । त्यसको निशाना एमाले बनिरहेको छ ।”
पार्टीमा भएका कमीकमजोरीलाई सच्याएर अगाडि वढ्नको लागि पनि विद्यान अधिवेशन महत्वपूर्ण भएको बताउनुभयो । विद्यानमा रहेका केही सुधार गर्ने विषयलाई सुधार गरेर लैजाने तयारी भएको जानकारी दिनुभयो । विद्यानमा सच्याउनु पर्ने, थप गर्नु पर्ने लगायतको विषयमा जिल्ला तहबाटै सुझाव संकलन गरेर लैजानु पर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले सरकारले गरेका राम्रा कामको जनस्तरमा लैजान नसक्दा पार्टी माथि आलोचना भइराखेको बताउनुभयो ।
भदौ २२ देखि २४ गतेसम्म ललितपुरको गोदावरी हुने विद्यान अधिवेशनमा समेट्नु पर्ने विषयहरु वुदागत रुपमा सुझावका रुपमा टिपोट गरिएको छ । पार्टीमा ७० वर्षे उमेर हदका विषयमा अहिले योग्यता क्षमताको विषयलाई हेरेर कायम गर्न नहुनेमा सवैको सुझाब रहेको थियो । तर उमेर हद हटाएर बाचुन्जेल नेतृत्व गर्न पाउने व्यवस्था राख्न हुनेमा सहभागीले सुझाव दिएका थिए । विद्यान अधिवेशनले ७५ वर्ष वा ८० वर्ष निश्चित उमेरसम्म मात्र पार्टी नेतृत्वमा वस्न पाउने गरी विद्यानमा उल्लेख गर्न चितवन जिल्ला कमिटीले सुझाब दिएको छ । त्यस्तै गरी पार्टीको अहिले कायम रहेको संगठित सदस्य मात्र लाई हटाएर साधरण सदस्य र संगठित सदस्य गरी पुरानै दुइवटा व्यवस्था कायम गरिनु पर्ने सुझाव दिएको छ ।
एमाले चितवनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, प्रभा पौडेल, यमबहादुर परियार, कपिल पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, डा. तिलचन्द्र भट्टराई, भूमि विभागका केन्द्रीय सचिव विजय सुवेदीलगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट