नौबिसे(नागढुङ्गा सुरुङमार्ग चाढै सञ्चालनमा आउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताउनु भएको छ । आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा आउने जानकारी दिनु भयो ।

नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ’, प्रधानमन्त्री ओलीले भन्नु भएको छ । हालसम्म आयोजनामा ९३ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनु भयो । नौबिसे–नागढुङ्गा सुरुङमार्गमा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) र विस्फोटक पदार्थ प्रयोग नगरी बनाइएको हो । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ ।

शेयर गरौ

ताजा अपडेट