लगन भए उमेरले छेक्दैन : एमफिलमा टपर पाण्डे तेस्रो भइन श्रीमती चित्रकार

काठमाडौं । आफ्नो दृढ संकल्प भए उमेरले छेक्दैन भन्ने उदाहरण बन्नु भएको छ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे । पैसठ्ठी वर्ष नाघ्नु भएका उहाले एमफिलमा टप गर्नु भएको छ ।
६७ वर्षमा हिँडिरहेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पाण्डेले उत्कृष्ट नतिजासहित आफ्नो शैक्षिक योग्यतामा बढोत्तरी गरेका छन् । उनी समाजशास्त्रतर्फ एमफील (दर्शनाचार्य) का दुवै सेमेस्टरमा सर्वोत्कृष्ट बनेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

पाण्डेसँगै एमफील पढेकी उनकी पत्नी पूर्णशोभा चित्रकारले पनि राम्रो नतिजा ल्याएकी छन् । उनी तेस्रो स्थानमा रहिन् । पाण्डे दम्पत्ति शैक्षिक वर्ष २०८०।८१ मा समाजशास्त्र विभागमा एकसाथ भर्ना भएका थिए । उनीहरुसँगै ३३ जनाले एमफील अध्ययन गरेको त्रिविका समाजशास्त्र विभाग प्रमुख डा। पासाङ शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार पाण्डेले दुवै सेमेस्टरमा सबै विषयमा अन्य प्रशिक्षार्थीहरुलाई उछिनेका छन् । उनले नेपाल प्रेससँग भने, ‘उहाँले एकदमै अनुशासनमा रहेर मिहिनेतसाथ पढ्नुभएको थियो । कहिल्यै पनि कक्षामा अनुपस्थित रहनुभएन । दुवै सेमेस्टरमा प्रत्येक विषयमा टप हुनुभयो ।’

समाजशास्त्र विभागले उत्कृष्ट पाँच विद्यार्थीको छनोटका लागि एक समिति बनाएको थियो । उक्त समितिले निश्चित मापदण्ड बनाएर टप ५ को चयन गरेको हो ।

परीक्षामा ल्याएको अंक, आर्टिकल पब्लिकेसन, अन्तरवार्तामा प्राप्त अंक, कक्षामा उपस्थिति दर आदिको क्राइटएरिया बनाइएको थियो । सबै मापदण्डमा पाण्डे अब्बल रहे ।

पाण्डे दम्पत्तिले बिहानी कक्षामा अध्ययन गरेका हुन् । विहान साढे ६ बजेदेखि १० बजेसम्म कक्षा सञ्चालन हुने गर्छ । श्रीमान(श्रीमती प्रत्येक बिहान एकसाथ कक्षामा आउने र जाने गर्थे । कहिल्यै कक्षामा ढिला भएनन् । शिक्षकहरुका प्रत्येक एसाइनमेन्टहरु उनीहरुले समयमा पुरा गर्ने गरेका थिए ।

मन्त्री पनि भइसकेका एक चर्चित राजनीतिज्ञ एमफीलमा भर्ना हुन आउँदा प्राध्यापकहरु त्यति आशावादी थिएनन् ।

डा। शेर्पा भन्छन्, ‘सुरुमा त हामीलाई उहाँहरुले दुई सेमेस्टर पूरा गर्नुहोला भन्ने नै लागेको थिएन । टाइम निकाल्न नसकेर बीचमै छोड्नुहुन्छ होला भन्ने आशंका थियो । हामीले अन्तरवार्तामा पनि ‘रेगुलर कक्षामा आउन सक्नुहुन्छ र रु’ भनेर सोधेका थियौं । उहाँहरुले सक्छौ। भन्नुभयो । नभन्दै गरेर देखाउनुभयो । उहाँहरु दुवैजनाले लगनशील भएर पढ्नुभयो र धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।’

शैक्षिक वर्ष २०८०–८१ मा एमफीलमा भर्ना भएकाहरुको २०८१ भाद्र महिनामा प्रथम सेमेस्टर र २०८१ वैशाखम महिनामा दोस्रो सेमेस्टरको परीक्षा भएको थियो । दुवै सेमेस्टरमा उत्कृष्ट अंक ९१२ क्रेडिटभन्दा माथि० ल्याउने पाँच जनाले सिधै पीएचडी स्ट्रिम ९विद्यावारिधी समूह० मा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।

त्यसबमोजिम गत असार ३२ गतेदेखि सम्बन्धित विभागबाट आवश्यक प्रक्रिया पूरा गरी पठाइएका विद्यार्थीहरुलाई साउन १५ भित्र मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयमा तेस्रो सेमेस्टरमा भर्ना हुन सुचित गरिएको थियो । अब उनीहरुका लागि एमफीलको तेस्रो सेमेस्टर भनेको पीएचडीको पहिलो सेमेस्टर सरह हुनेछ ।

पाण्डे दम्पति पीएचडीका लागि भर्ना भइसकेका छन् । उनीहरुले अब एमफीलको थेसिस बुझाइराख्नुपर्ने छैन । एमफीलमा पाण्डे पहिलो हुँदा हेलिना राई दोस्रो, पूर्णशोभा तेस्रो र गोपाल राना चौथो स्थानमा रहेका थिए । उत्कृष्ट नतिजामा पाचौं स्थानमा रहेकाले भने सिधै पीएचडीका लागि एप्लाइ गर्न चाहेनन् । त्यसैले चार जनाको मात्रै सूची प्रकाशित गरिएको छ ।

२०६६ सालमा अर्थमन्त्री बन्नुअघि उनले समाजशास्त्रमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक गरेका थिए । अर्थमन्त्रीबाट हटेपछि उनले थप अध्ययनको आवश्यकता महसुस गरेर अर्थशास्त्रमा स्नातकोत्तर पढ्न भर्ना भए । अहिले उनको अर्थशास्त्रमा राम्रो दख्खल छ । पाण्डेले एमफीलमा भने समाजशास्त्र रोजे । ६७ वर्षको उमेरमा उनी अब विद्यावारिधिका लागि जुटेका छन् ।
पाण्डेको राजनीतिक यात्रा भने औसत छ । २०६६ सालमा अर्थमन्त्री भएपछि फेरि उनी सो पदमा फर्किन सकेका छैनन् । २०७० र २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ विजयी बनेका उनी २०७९ सालमा भने रास्वपाका हरि ढकालसँग पराजित भएका थिए । अहिले एमालेभित्र उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खडा भएका छन् ।

पाण्डे र पूर्णशोभाको भूमिगत कालमा जनवादी विवाह भएको हो । पूर्णशोभा पनि २०४६ सालअघि भूमिगत राजनीतिमा थिइन् । प्रजातन्त्र आइसकेपछि उनी सक्रिय राजनीतिबाट पछि हटेर सामाजिक अभियानमा लागिन् । उनले बारुदी सुरुङविरुद्धको क्षेत्रमा एउटा गैरसरकारी संस्था संचालन गरेकी थिइन् ।
नेपाल प्रेसबाट

शेयर गरौ

ताजा अपडेट