चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए उपकुलपति

काठमाडौं । निकै लामो प्रतिक्षापछि चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार पाटन, पोखरा, वीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा विक्रमप्रसाद श्रेष्ठ उपकुलपति बनेका छन्। उनी नेपाली कांग्रेसको कोटाबाट उपकुलपति बने। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेलले उपकुलपतिको जिम्मेवारी पाएका हुन्। पौडेल पाटनमा चलेका चिकित्सक हुन्। उनी एमाले ओली निकट मानिन्छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्छ। भरत खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर पुजनकुमार रोकाया उपकुलपति नियुक्त भएका छन्।
वीपी र कर्णाली कांग्रेस, पाटन र पोखरा एमालेको भागमा परेका थिए।

शेयर गरौ

ताजा अपडेट