चितवन । सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार मूल्य प्रतितोला रएक लाख ९९ हजार ४०० पुगेको छ ।
बिहीबार प्रतितोला एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन तोलामा एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । उपत्यका बाहिर भने प्रति तोला एक हजार वढीमा कारोबार हुदै आएको छ । उपत्यका बाहिर दुइ लाख रुपियाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।


