चितवन । भरतपुरको क्षेत्रपुरमा रहेको एपेक्स एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई कक्षा १२ र विद्यालयले स्वागत गरेको हो । कार्यक्रममा विभिन्न भाषाभाषी तथा सस्कृतिको सास्कृतिक कार्यक्रम प्रस्तुत गरेको एपेक्स एकेडेमीका प्राचार्य दिनेशचन्द्र पुरीले जानकारी दिनुभयो ।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कक्षा ११ र १२ मा व्यवस्थापन, होटल म्यानेजमेन्ट, विज्ञानलगायतको संकायमा अध्यापन हुदै आएको छ । यस वर्षको कक्षा १२ को परीक्षाको नतिजामा एकेडेमीले उत्कृष्ट अंक ल्याएर विद्यार्थी उतीर्ण भएको प्राचार्य पुरीले जानकारी दिनुभयो । चितवन जिल्लाको उत्कृष्ट शैक्षिक सस्थाको रुपमा एपेक्स एकेडेमी परिचित रहेको छ ।



