भरतपुरको दुइ घोल नयाँ पर्यटकीय स्थल

 

चितवन । भरतपुर महानगरको मध्य वस्तीबाट वग्ने दुइवटा घोललाई संरक्षणसंगै नयाँ पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ ।
भरतपुरको गणेशस्थान हुदै नारायणगढ बजारबाट नारायणी नदीमा मिसिने पुङ्गी खोला र वाइपास पूर्वबाट मध्य वस्तीबाट बग्दै जगतपुरमा पुग्ने केरुङ्गा घोललाइ संरक्षणसंगै सौन्दर्यकरण गरिएको हो । सहरीकराण् भएपछि स्थानीय खोला घोलको जग्गा अतिक्रमण गर्दै घर बनाउन थालेपछि यसको संरक्षणमा महानगरपालिका जुटेको हो ।
घना वस्तीका बिच वग्ने घोललाई प्रकृति रुप दिनको लागि सरसफाइ संगै यसको दयाँवायाँको क्षेत्र विस्तार गरेर सौन्दर्य गर्ने कार्य गरिएको छ । भरतपुर महानगरपालिकाले यो घोललाई कञ्चन पानी बग्न दिने गरी काम भइराखेको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो ।
महानगरपालिकाको वडा नंं. ११ बाट सुरु भएर २३ नं. वडा हुदै राप्ती नदीमा गएर मिसिने यो घोल वस्ती बिच वगेको छ । वस्ती पातलो हुदा यस घोलमा कञ्चन पानी वग्ने र यहाँ बालबालिका पौडी खेल्ने गरेका थिए । अहिले वस्ती बाक्लो भएपछि यसमा फोहोर मिसाएर दुर्गन्धित पार्ने, घोलको जमिन अतिक्रमणमा परेर घर तथा टहरा निर्माण गर्ने जस्ता कार्य गरेपछि महानगरपालिकाले आफ्नो योजनामा पारर संरक्षण गरेको उहाले बताउनुभयो ।
महानगर प्रमुख रेनु दाहालले सुन्दरमहानगर बनाउने योजना अनुसार केरुङ्गालाई सौन्दर्यकरण गर्ने काम भइराखेको जानकारी दिनुभयो । कति पय स्थानमा काम भइसकेको छ भने कतीपय स्थानमा काम हुदै गरेको छ । हामी सडक र भवन मात्र हैन यहाको प्राकृतिक स्रोतको संरक्षण गरेर सुन्दर बनाउने कार्यलाई प्राथमिकता दिने छौ । ‘सुरुमा महानगरपालिकाले बजेट राखेर सरसफाइदेखि यसको संरक्षण कार्य गरेका थियौ’ दाहालले भन्नुभयो ‘अब यसको सौन्दर्यको लागि वृहत योजना अनुसार संघ र पालिकाको बजेटमा काम हुदै गरेको छ। ’
भरतपुर महानगरपालिकाले अहिलेसम्म नौ करोड रुपियाँ खर्च गरिसकेको इन्जिनियर आचार्यले जकारी दिनुभयो । खोलालाई संरक्षण गरेर पर्खाल लगाउने, फुटपाथ निर्माण गर्ने वार लगाउने काम भएको उहाले बताउनुभयो । स्थान अनुसारको पार्क निर्माणको काम भएको छ । दायाँवायाँ कम्तीमा दुइ मिटर फुटपाथ निर्माण गरिएको छ । फराकिलो स्थानमा सुन्दर पार्क निर्माण गरिने इन्जिनियर आचार्यले भन्नुभयो ।
गत आर्थिक वर्षमा यस घोलको सौन्दर्यकरणको लागि १३ करोड रुपियाँ बजेटबाट काम भएको छ । सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडवहादुर थापाले केरुङगा र पुङगी दुवै घोलको संरक्षण र सौन्दर्यकरण गर्ने काम भइराखेको जानकारी दिनुभयो । संघीय बजेट अनुसार यसको विकास भएको उहाले बताउनुभयो । गत आर्थिक वर्षमा थोरै बजेट एक करोड ५० लाख रुपियाँ परेको थियो प्रमुख थापाले भन्नुभयो । अहिले केरुङगाका लागि ६ करोड ७७ लाख ३९ हजार रुपियाँमा थप काम भइसकेको छ । त्यस्तै गरी पुङगी खोलाको लागि ४८ करोड ८६ लाख बजेटमा काम भइराखेको थापाले जानकारी दिनुभयो ।
संघ र महानगरपालिकाको लगानीमा सौन्दर्यकरण कार्य भइराखेको उहाले बताउनुभयो । कञ्चन पानी वग्ने, ढुङगा विछ्याएर फुटपाथ निर्माण गरिने, साइकल लेन बनाउने, मानिस आएर वस्नको लागि कुर्सीको व्यवस्था गर्ने, विभिन्न जातजातिका वनस्पती फूल रोप्ने र सुन्दर पार्क निर्माण गर्ने गरी काम भइराखेको थापाले जानकारी दिनुभयो । ४० किलोमिटर लम्वाइ भएको यस घोलको प्राकृतिक सुन्दरता कायम राख्नको लागि व्यवस्थित निर्माण कार्य भइराखेको छ ।


पूर्वपश्चिम राजमार्ग अन्तरगत मिलनचोकदेखि दक्षिणको भागमा काम भइसकेको छ । यस क्षेत्रमा फराकिलो स्थान भएको ठाउँमा मनोरञ्जन पार्क निर्माण गरिनेछ । अन्य स्थानमा सुन्दर फुटपाथ निर्माण हुनेछ । अहिले अतिक्रमित स्थानलाई सुरक्षा दिने, पर्खाल लगाउने, फुटपाथ निर्माण भएको छ । यो निर्माण पूरा भएपछि नेपालकै सुन्दर नयाँ पर्यकटीय गन्तव्य हुने महानगर प्रमुख दाहालले बताउनुभयो । महानगरको उत्तर वडा नंं. ११ बाट डुङ्गा चलाएर दक्षिण राप्ती नदी किनारसम्म जान मिल्ने फूलैफूल पार्कको क्षेत्र घुम्न पाउने अवस प्रदान हुनेछ । स्वदेशी तथा विदेशी पर्यटक आउने वातावरण हामीले निर्माण गर्नेछौ दाहालले भन्नुभयो । नारायणगढ बजार भएर वग्ने पुङगी खोलामा ढल मिसाउन नदिने र कञ्चन पानी वग्ने वातावरण बनाउने काम भइराखेको महानगर प्रमुख दाहालले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट