गौर भन्सारमा राजश्व कमी, वढ्यो तस्करी

रौतहट । रौतहटको मुख्य भन्सार नाका गौरमा राजस्व असुलीमा कमि आएको छ । खुला सिमानाका कारण तस्करी फस्टाएकै कारण राजस्व असुलीमा कमि आएको गौर भन्सार कार्यालयका नायब सुब्बा एवम् सूचना अधिकारि दिनेश कुमार घिमिरेले बताउनुभयो ।

गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र०८२ मा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्नुमा कृषि सुधार शुल्कमा न्यून आय हुनु रहेको कार्यालयका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

कृषि सुधार शुल्कमा चार करोड ४६ लाख १९ हजार लक्ष्य दिइएको भए पनि प्लान्ट क्वारेन्टाइन नहुँदा कृषि जन्य सामग्री आयात न्यून भएको गौर भन्सार कार्यालयका सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

कार्यालयका सूचना अधिकारी घिमिरेका अनुसार कोइला आयातमा कमि, रासायनिक मल आयातमा कमि तथा कपडा आयात न्यून भएका कारण विभागले दिएको लक्ष्य कार्यालयले हासिल गर्न नसकेको जानकारी दिनुभयो ।

गौर भन्सार नाका भएर वर्षको एक लाख समेतको कपडा आयात नहुने गरेको गौर भन्सार कार्यालयले जनाएको छ ।

भन्सार विभागले आर्थिक बवर्ष २०८१र०८२ मा गौर भन्सार कार्यालयलाई ३५ करोड ४३ लाख ७८ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि असुली २९ करोड ९१ लाख ३० हजार रुपियाँ मात्र भएको गौर भन्सार कार्यालयका प्रमुख विकास कुमार रजकले बताउनुभयो ।

आर्थिक वर्ष २०८०र०८१ मा गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्यको ८५।९६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने २०८१र०८२ मा लक्ष्यको ८४।४१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख रजकले बताउनुभयो ।

आर्थिक वर्ष २०८०र८१ मा गौर भन्सार कार्यालयलाई ३४ करोड ८७ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा असुली २९ करोड ९७ लाख ७५ हजार रुपियाँ भएको गौर भन्सार कार्यालयले जनाएको छ ।

गौर भन्सार कार्यालयको राजस्व वृद्धि गर्न प्लान्ट क्वारेन्टाइनको स्थापना तथा सीमामा हुने तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न जरुरि रहेको गौर–२ का मिथिलेश कुमार झाले बताउनुभयो । गौर भन्सार नाका भएर प्रहरीको सेटिङ्ग्मा तस्करी फस्टाएको आरोप लाग्ने गरेको छ ।

शेयर गरौ

ताजा अपडेट