नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू

धुम्रपान सुर्तीजन्य पदार्थको सेवन नगर्ने

१ क्यान्सर, मुटुरोग, दीर्घ स्वासप्रश्वास अवरोध सम्वन्धी रोग मधुमेह हुने सम्भावना वढाउने प्रमुख कारक तत्व चुरोेट विढी गुट्का, खैनी तम्वाकु इ सिगरेट नै हुन् ।
२ अरुले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्नेको स्वास्थ्यमा पनि असर गर्दछ ।
३ धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा तीनगुणा धेरै हुनसक्छ ।

मदिराको सेवन नगर्ने
रक्सी वियर बाईना जाँड जस्ता सेवनले गर्दा हृदयघात कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा चाउ हुने मानसिकता समस्याहरू हुन सक्छन ।मदिराको सेवनले घरेलू अपराध दुर्घटनालाई बढाउँछ।

शारीरिक रूपमा सक्रिय रहने

ड्ड योग गर्ने, हिंडडुल गर्ने, दौडने साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कमसेकम ३० मिनेट नियमित रुपमा व्यायाम गर्ने ।
ड्ड शरीरको तौल वढी भए घटाउने । स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने ।

नून र चिनीको प्रयोग कम गर्ने
नुनिनो गुलियो र चिल्ली खानेकुरा खानाने क्यान्सर, मुटु रोग मधुमेह हुने जोखिमलाई बढाउँछ ।
खानामा नूनको प्रयोग कम गर्ने दिनको २ ग्राम भन्दा कम ।
गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने ।
चियार कफिमा चिनी कम हानेर खाने ।
शुद्ध र सफा पानी पिउने। एक दिनमा कम्तिमा २ लिटर पानी पिउने ।

सन्तुलित खाना खाने
क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने ।
मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त )४।५ पटक) खाने ।
खानासंग नून नहानेको सलाद नियमित खाने ।

मानसिक तनावको व्यवस्थापन गर्ने
ध्यान तथा योग गर्ने ।
रिसलाई नियन्त्रण गर्ने ।
परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने ।
घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने ।
घुमफिर र रमाइलो गर्ने ।

 

आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन नं. ११६६ मा २४ सै घण्टा सेवा उपलब्ध छ ।
उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरुलाई व्यवस्थापन गर्नेः
उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने ।
रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जांच र उपचार गरी नियन्त्रणमा राख्ने ।
रगतमा चिल्लोपना बढेको उच्च कालेस्टेरोल भएमा नियमित जांच र उपचार गरी नियन्त्रणमा राख्ने ।
मोटोपना घटाइ स्वस्थ तौल (उचाइ अनुसारको तौल) कायम गर्ने।

 

बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय, हेटौँडा
जनस्वास्थ्य कार्यालय चितवन

शेयर गरौ

ताजा अपडेट