चितवन, १६ असार ।
भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्थाले २९ ओैं स्थापना दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर-१२ मा रहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग वितरण एवम् सदस्यहरु लक्षित विभिन्न सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको अध्यक्ष कुलवहादुर खत्रीले जानकारी दिनुभयो ।
सो क्रममा सोमवार भरतपुर -१०, बालमन्दिर स्थित अटिजम विद्यालयलाई संस्थाले फर्निचर वितरण गरेको थियो ।
यसैगरि भरतपुर -१२ नौरङ्गे स्थित धनेश्वर शिवालय मन्दिरमा “घरायसी आगलागी ,ग्यासको शुरक्षित प्रयोग र प्राथमिक उपचार ” सम्बन्धि सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षणमा ७० जना सेयर सदस्यहरु सहभागी भए ।
युवा परिचालन उपसमिति संयोजक संगिता बानियाँ थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष कुलबहादुर खत्री, विशिष्ट अतिथि लेखा सुपरिवेक्षण समिति संयोजक भरत काफ्ले लगायत संस्थाका संचालक, तिनवटै सेवा केन्द्रका संयोजक एवम् सदस्य , विभिन्न उपसमितिका संयोजक, प्रमुख ब्यवस्थापक लगायत सम्पूर्ण कर्मचारी उपस्थित रहनुभएको थियो ।
संस्थाका सचिव वेद प्रसाद बजगाईले सञ्चालन गर्नुभएको कार्यक्रममा सह सचिव अनुजा दाहालले स्वागत मन्तव्य ,संस्थाका अध्यक्ष कुल वहादुर खत्रीले शुभकामना मन्तव्य र कार्यक्रम संयोजक संगिता वानियाँ थापाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
प्रशिक्षक वसन्त रानाले दैवीप्रकोप एवम् विपत्तिमा कसरी जनधनको सुरक्षा गर्ने,आगलागीका प्रकार ,कुन प्रकृतिको आगलागी हुँदा कुन प्रबिधिले नियन्त्रण गर्ने , भवितव्यमा अस्पताल पुर्याउनु अघि विरामीलाई गर्नुपर्ने प्राथमिक उपचारका विषयमा प्रष्ट पार्नुभयो ।
संस्थाको मुख्य कार्यालयमा अध्यक्ष कुल बहादुर खत्रीको अध्यक्षता ,संचालक,सल्लाहकार ,सेवाकेन्द्र संयोजक,विभिन्न उपसमिति साथै कर्मचारीहरुको उपस्थितिमा बिशेष कार्यक्रमका बिच संस्थाले २९ओैं वार्षिकोत्सव समापन गरिएको थियो ।