चितवन ।
चितवनको रत्ननगर नगरपालिकाले पर्यटन मार्फत रोजगारी सृजना गर्ने कार्यक्रमलाई प्राथमिता दिएको छ । नगर प्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालको तेस्रो गन्तव्य सौराहा यही रहेको र पर्यटनको क्षेत्रमा धेरै सम्भावन रहेकाले रोजगारीको सिर्जनका कार्यक्रम ल्याएको जानकारी दिनुभयो । १७ औ नगर सभामा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकता दिइएको बताउनुभयो।
एक अर्ब ५४ करोड ६५ लाख
रत्ननगर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगर सभामा नगर प्रमुख सापकोटाले नीति तथा कार्यक्रम र उपप्रमुख यादवप्रसाद पाठकले बजेट प्रस्तुत गर्नु भएको थियो ।
उपप्रमुख पाठकले एक अर्ब ५४ करोड ६५ लाख ७३ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । संङघीय समानिकरण अनुदान १७ करोड ८९ लाख, संङघीय राजश्व बाँडफाँड १३ करोड ४० लाख, संङघीय सर्सत अनुदान चालू तर्फ ३६ करोड ८२ लाख, संङघीय सर्शत पूजिगत २ करोड ८८ लाख, संङघीय विशेष अनुदान ६८ लाख, संङघीय समपुरक अनुदान ५५ लाख, प्रदेश समानिकरण अनुदान एक करोड ८९ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
त्यसैगरी प्रदेश राजश्व वाँडफाँड ६ करोड २२ लाख, प्रदेश सर्शत चालू ३ करोड ५६ लाख, प्रदेह सर्शत पूजिगत १ करोड ५० लाख, प्रदेश विशेष अनुदान ६५ लाख, प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख, स्थानीय राजश्व बाँडफाँड घरजग्गा रजिष्टेशन दस्तुर ९ करोड, आन्तरिक स्रोत १४ करोड ५२ लाख, मौज्दात रकम १० करोड, सामाजिक सुरक्षा ३२ करोड ५० लाख, सडक बोर्ड ८० लाख आम्दानी हुने अनुमान गरिएको छ । १७ शीर्षकमा आम्दानी हुने अनुमान गरिएकोमा विनियोजित बजेटबाट २० वटा शीर्षकमा खर्च गरिने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
