चितवन । कालिका नगरपालिकालाई बाल मैत्री नगर घोषणा गर्न पुर्व तयारीका लागि सचेतना र्याली आयोजना गरिएको छ ।
कालिका नगरपालिकाको वडा नम्बर ९ शक्तिखोरमा शनिबार बिहान र्याली निकालिएको हो । २०८३ भित्र बालमैत्री सुचक पूरा गरेर बालमैत्री नगरकालिका घोषणा गर्ने गरि निरन्तर कार्यक्रम गरिएको नगर प्रमुख बिनोद रेग्मीले जानकारी दिनु भयो ।
वडाका बिधालयका बालबालिका, सामाजिक संघ सस्थाका प्रतिनिधिलगायतको ठूलो उपस्थिति भएको थियो । कार्यक्रममा नगर प्रमुख रेग्मीले नगरपालिकालाइ नमुना पालिका बनाउने गरि काम गर्दै आएको जानकारी दिनु भयो । वडा अध्यक्ष निलकण्ठ मगरको सभापतित्वमा भएको कार्यक्रममा नगरका पुर्व प्रमुख खुमनारायण श्रेष्ठ, सामाजिक अगुवा लगायतको उपस्थित थियो ।