पूर्वी चितवनको खैरहनीमा दुर्घटना हुदा एक जनाको मृत्यु

 

चितवन, । खैरहनी नगर पालिका वडा नम्वर २ ज्यामिरेचोक स्थित पूर्व पश्चिम राजमार्गमा गए राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राति करिब १स्४५ बजे उदयपुरबाट काठमाडौँ जान लागेको बागमती प्रदेश ०१(००६ ख ७०२३ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१(०३० च ११५७ नं को ईभि कार एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कार चालक चितवन खैरहनी नपा(८ बस्ने वर्ष ४२ को प्रतीप तिम्सिना रहेका छन् ।

दुर्घटना भए लगत्तै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि शुक्रवार बिहान ३(५ बजे तिमिल्सिनाको मृत्यु भएको हो । दुर्घटना पछि बाटो दुवै तर्फी खुलेको र दुवै सवारी र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट