मुस्ताङ, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित डोल्पा जोड्ने पक्की पुल निर्माण भएको छ । यातायात सुविधाको पहुँच नपुगेको यो स्थानमा पुल र सडक निर्माणपछि अहिले सुगम भएको छ । सवारी साधान चलाउन सहज भएपछि यस आसपासका स्थानीयलाई सुविधा भएको हो । पक्की पुल निर्माण भएपश्चात् ढोल्पा जान सवारी साधानबाट पुग्न सकिने भएको छ ।
