चितवन । मनकामना अस्पताल भरतपुरमा महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ ।
लागु औषध तथा घरेलु हिंसामा परेका पहिलासहित ८२ जनाको परीक्षण गरिएको मनकामना अस्पातलका अध्यक्ष ध्रुवप्रसाद काफ्लेले जानकारी दिनुभयो । अस्पतालका बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.शिल्पा पन्थले महिलाको परीक्षणका साथै परामर्श दिनु भएको थियो । उहाले नियमित आफ्नो स्वास्थ्य परीक्षण गर्न र कुनै समस्या आएमा चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्न सुझाव दिनुभयो ।
अस्पताका अध्यक्ष तथा कालिका मेडिकल एण्ड टेक्निकल इन्ष्टिच्युट गैंडाकोटका प्रमुख काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो । काफ्लेले मनकामना अस्पतालले सामाजिक क्षेत्रमा विगतका दिनदेखि काम गर्दै आएको जानकारी दिनुभयो । कुनैपनि समस्या देखिएमा समयमा नै उपचार गर्न सके ठुलो रोगबाट पनि मुक्ति पाउन सकिने उहाले बताउनुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दिलिप घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो । भरतपुर महानगरपालिका वडा नं. १० शंकर पथका टोलका सचिव शालिकराम दुवाडीले अस्पतालले गरेको सामाजिक सेवाको विषयमा चर्चा गर्नु भएको थियो । आमा बच्चा स्वास्थ्य नेपालको आयोजना तथा मनकामना अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । आमा बच्चा स्वास्थ्य नेपालका अध्यक्ष कविता खतिवडाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।