इच्छाकामना गाउपालिकाको नयाँ भवन प्रधानमन्त्रीबाट उद्घाटन हुदै

 

 

चितवन, ५ वैशाख ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको एक मात्र इच्छाकामना गाउपालिकामा आधुनिक सुविधा भएको प्रशासनिक भवन निर्माण भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटार नजिकै गाउपालिकाको चारतले नयाँ भवन निर्माण पूरा भएको हो । चार करोड दुई लाख ३९ हजार ७२५ रुपैयाँको लागतमा तयार भएको गाउपालिका प्रमुख दानबहादुर गुरुङले जानकारी दिनुभयो ।
निर्माण पूरा भएर यहीबाट पालिकाले काम गर्दै आएको छ । नयाँ प्रशासकीय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाको हेलिकप्टरमा आएर भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पालिका अध्यक्ष गुरुङका अनुसार नवनिर्मित भवनको भुईं तलामा प्रशासनिक कार्यालय, लेखा, सामाजिक विकास शाखा रहेको छ । पहिलो तलामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कक्ष, दोस्रो तलामा शिक्षा स्वास्थ्य, पञ्जीकरण, प्रधानमन्त्री रोजगार शाखा, तेस्रो तलामा सभा हल रहेको छ ।
भवनको काम किस्ता किस्ता गरेर पूरा भएको पालिका अध्यक्ष गुरूङले जानकारी दिनुभयो । निर्वाचित भएर आउँदा भवनको एक तला मात्रै काम भएको थियो । काम यति कै रोकिएको थियो । भवनलाई पूर्णता दिने उद्देश्यले काम गर्दै जाना अहिलेको स्वरुप आएको उहाले बताउनुभयो । भवनलाई सुन्दरता दिने काम गरेका छौ । सेवाग्राहीले काम लिन जादा पालिकाको भवन सुन्दर र सुविधा भएमा काम गर्न सजिलो हुनेछ । नयाँ भवन निर्माणपछि सेवाग्राहीलाई वस्न, कार्मचारीलाई काम गर्न सजिलो भएको उहाले बताउनुभयो । इच्छाकामना गाउँपालिका अध्यक्ष गुरूङले बहालवाला प्रधानमन्त्री पालिकामा आएर भवन उद्घाटन गर्न पाउदा खुसी लागेको बताउनुभयो । उद्घाटन कार्यक्रममा पूर्वजनप्रतिनिधि र उत्कृष्ट करदातालाई सम्मान गर्ने तयारी रहेको छ ।
फोटो क्याप्सन ः इच्छाकामना गाउपालिकाको प्रशासकीय भवन ।

शेयर गरौ

ताजा अपडेट