चितवन । आजबाट ३० औँ वन्यजन्तु सप्ताह सुरु भएको छ ।
‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ भन्ने नारासहित संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा एक हप्तासम्म विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउन लागेको हो । वन्यजन्तु सप्ताह मनाउने बारेमा पूर्वी चितवनको रत्ननगमा पत्रकार सम्मेलन गरी संरक्षणकर्मीले जानकारी दिएका छन् । बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले वन्यजन्तु सप्ताह अन्तर्गत एक हप्तासम्म गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
निकुञ्जसहित संरक्षण र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वैशाख १ गते उद्घाटन, २ गते टिकौली हाइवे वरपर सरसफाइ, ३ गते चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानी ः घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया कार्यक्रम, ४ गते बुढीराप्ती खोला सरसफाइ कार्यक्रम रहेको छ ।
त्यस्तै गरी डुङ्गा सयर, ५ गते सौराहा सेक्टर अन्तर्गत विद्यालयस्तरीय चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना ¥याली र सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम रहेको छ ।