चितवनको विकासमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण

चितवन । चितवनको विकासमा तत्काल र दीर्घकालिन योजनाको माग राखी जिल्लाका राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेर माग गरेका छन् ।
जिल्लाका नेकपा एमाले र नेपाली काँग्रेसका जिल्ला अध्यक्ष तथा केन्द्रीय नेताहरुले विहीबार राति अवेर भेटेर संयुक्त रुपमा जिल्लाको समग्र विकासमा सरकारको ध्यानाकर्षण गराएको हो । आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा समावेश गर्ने कार्यक्रम र दीर्घकालिन विकासमा आउदो बजेटबाटै समावेश गरेर योजना अगाडि वढाउन माग गरिएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला अध्यक्ष कमलराज पाठक सहित पार्टीका केन्द्रीय तथा पोलिट व्यूरो सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलाीलाइ भेटेर जिल्लाको विकासमा ध्यानाकर्षण गरउानु भएको हो । टोलीले आउदो बजेटमा तत्काल समेट्नु पर्ने योजनामा भरतपुर र माडी क्षेत्रको सुरक्षाको लागि नारायणी, राप्ती र रिऊ तटबन्धन गर्न पर्याप्त बजेट विनियोजन गर्नु पर्ने माग गर्नु भएको छ ।
लामो समयदेखि माग गरेपनि पूर्ण नभएको भन्दै भरतपुर बिमानस्थल रात्रिकालिन सेवा विस्तारको पूर्णताको लागि पूर्वाधार पूरा गर्न पर्याप्त बजेट विनियोजन गर्नु पर्ने उल्लेख गरिएको छ । ः
भरतपुर र पूर्वी चितवनको कालिका नगरपालिका जोड्न चक्रपथ निर्माण गर्नु पर्ने, जिल्ला स्तरीय चक्रपथको विस्तृत संभावना अध्ययन गरी बजेट बिनियोजन गनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ः
भरतपुरदेखि भण्डारासम्मको उत्तराखण्डको सडक सम्पन्न गर्न बजेट बिनियोजन गर्नः ठोरी देखी माडी, धुर्बघाट, घोसर घाट, नारायणी नदी हुँदै नवलपरासी तर्फ जाने तराई मदेश हुलाकी सडकलाई पर्याप्त बजेट राखी अगाडि बढाउन उल्ल्ेख गरिएको छ ।
त्यस्तै गरी भण्डारा, मलेखु चेपाङ मार्ग, माडीको धार्धिक स्थलको विकास, आदि प्रयाग देवघाटधामलाई व्यवस्थित, शक्तिखोर औधागिक क्षेत्र, माडी जगतपुर सडक निर्माण लगायतलाई ध्यानाकर्षण गराएको छ ।
दीर्घकालिन विकासका योजनामा लोथरबाट सौराहा हुँदै गोलाघाटसम्मको राप्ती नदीलाई तटबन्धन सहितको पर्यटकिय सडक निर्माण, सप्तगंडकी बहुउद्देशिय परियोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने, त्रिशूली–हुग्दी–शक्तिखोर बहुउद्देश्यीय योजना, नारायणगढ मुग्लिन सडकको वैकल्पिक मार्ग निर्माण, भारत र चीन जोडिने छोटो बाटो केरुङ–मलेखु–भरतपुर–माडी–ठोरी लोकमार्ग निर्माण, भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना, वि.पी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सर अध्ययन प्रतिष्ठानको रुपमा विकास, माडी बसन्तपुर बजारबाट सीधा भारतसंग व्यापारिक नाका निर्माण लगायतका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।

 

शेयर गरौ

ताजा अपडेट