भ्रुणहत्या राेक्न ईच्छाकामना गाउँपालिकाकाे नाैलाे अभियान , छाेरी जन्मिए दशहजार रुपैयाँको बचतखाता

चितवन समाचारडटकम, फागुन २४ ।
चितवनकाे ईच्छाकामना गाउँपालिकाले नारी दिवसको अवसर पारि स्थानीय स्वास्थ्य सस्थामा जन्मिएका वालिकाहरुकाे बैंकमा बचत खाता खाेल्ने अभियानकाे शुरुवात गरेकाे छ ।
अाज साउन यता जन्मिएका २३ जना वालिकाहरुकाे बचत खाता खाेलिएकाे गाउँ पालिका अध्यक्ष गीता गुरुङले जानकारी दिनुभयो ।
जनही १० हजार रुपैयाँको खाता खाेलिएकाे उहाँले बताउनुभयाे । स्वास्थ्य सस्थामा सुत्केरी गराउन र छाेरी जन्माउदा कुनै पनि अभिभावकले रुढीबादी साेच राखेर दुखि नहुन उत्प्रेरित गर्ने उदेश्यले वालिका बचत शुरू गरिएको गाउँपालिका अध्यक्ष गुरुङले स्पष्ट पार्नुभयाे । अब याे अभियान नियमित चलाईने उहाँले बताउनुभयो ।
समाजमा वालिकाहरुलाई गर्भमा नै भ्रुणहत्या गर्ने सम्मकाे विकृति बढेकाे छ, यसलाई राेक्न पनि याे प्रभावकारी हुने विश्वास लिएकि छु, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयाे । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको सभापतीत्वमा भएको कार्यक्रममा उपाध्यक्ष कृति कुमार श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृत, अामा समूह लगायत स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

शेयर गरौ

ताजा अपडेट