वितरक महासंघको स्मारिका विमोचन

चितवन । नेपाल वितरक महासंघले तयार पारेको स्मारिका वुधबार विमोचन गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगत परिषद सदस्य खोमकान्त रेग्मी, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, नारायण प्रधानले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खोमकान्त रेग्मीले व्यवसायिक अधिकारको विषयमा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष ओली र प्रधानले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल वितरक महासंघका अध्यक्ष दुर्गाप्रसाद गौतमको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा महासंघका व्यक्तिलाई सम्मान गरिएको थियो । अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
स्मारिका प्रकाशन उपसमितिका संयोजक तेजेन्द्र पौडेलले प्रकाशनका चुनौतीका विषयमा चर्चा गर्नु भएको थियो ।ंं महासंघको दुइ दिनसम्म चल्ने कार्यशाला गोष्ठीले तीन वर्षे कार्ययोजना सहित  नयाँ योजना निर्माण गरि   रणनीति तयार पार्नेछ ।

कार्यक्रममा स्मारिका विमोचन सङ्गै क्यालेन्डर बितरण समेत गरेको छ ।

 

शेयर गरौ

ताजा अपडेट