चितवन । पत्रकार हत्याको विरोधमा चितवनका सञ्चारकर्मीले कार्य कक्षमा कालोपट्टी वाधेर काम गरेका छन् ।
समाचार सङकलन गर्ने क्रममा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा आइतबार जिल्लका सवै सञ्चार माध्यमममा कार्यरत पत्रकारले कालोपट्टी वाधेर काम गर्नु भएको हो । कार्यकक्षमा विरोध जनाए संगै पूर्वी चितवनको टाडीको सौराहा चोकमा कालोपट्टी वाधेर प्रदर्शन समेत गरिएको छ ।
पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले काम गर्ने वातावरण सिर्जन गर्न सरकारसंग माग गर्नु भयो । जुन व्यवस्था आउपनि निशाना पत्रकार पर्ने भएकाले सुरक्षाको प्रत्याभूति गर्न सम्वन्धीत पक्षलाई ध्यानाकर्षण गराउनुभयो । विरोधका क्रममा ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका प्ले कार्ड बोकेका थिए । यस्तै पत्रकार महासंघ चितवनको कार्यकक्ष, यहाँका दैनिक पत्रिका, टेलिभिजन, रेडियो, अनलाइन पोर्टल लगायतको कार्यालयमा कालोपटी वाधेर काम गरेको हो ।
