कास्की, १६ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं वार्षिक साधारण सभा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समुद्घाटन गर्नुभएको छ । साधारणसभाको अवसरमा उत्कृष्ट पत्रकारिता पुरस्कार र उत्कृष्ट जिल्ला तथा नगर संघ पुरस्कार प्रदान गरिएको थियो।
साधारणसभामा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टकर्मी ममता थापा (काठमाडौं) , एभरेष्ट एफ।एमकर्मी दिपेन्द्र श्रेष्ठ (कास्की), नेपालपृष्ठ अनलाईनकर्मी अमिर रामदाम (चितवन) पुरस्कृत भएका छन्।
सुनचाँदी क्षेत्रको समृद्धि, विकास, समस्या निराकरण र उन्नयनका लागी पत्रकारिता माध्यमबाट शसक्त कलम चलाउनु भएका पत्रकारहरू थापा, श्रेष्ठ र रामदामलाई नगदसहित पुरस्कृत गरिएको महासंघका महासचिव किरणभाई बज्राचार्यले बताएका छन्।
आ।व २०८१ । ०८२ को कार्यसम्पादन मूल्याङ्कनको आधारमा उत्कृष्ट जिल्ला संघ अन्तर्गत नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, सुनचाँदी व्यवसायी संघ कास्की र उत्कृष्ट नगर संघ अन्तर्गत नेपाल सुनचाँदी व्यवसायी संघ, दाङ, घोराही (नगर) सम्मानित भएको छ ।
साधारणसभा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा र महासंघका अध्यक्ष अर्जुन रसाईली सुनारको अध्यक्षतामा संचालन भइरहेको छ । साधारण सभामा देशभरबाट करिब पाँच सय प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको छ ।