चितवन । गणतन्त्रको विकल्प राजतन्त्र नभइ गणतन्त्र नै रहेको जिल्लाका राजनीतिक दल तथा अगुवाहरुले जोड दिनु भएको छ । काठमाण्डौमा शुक्रबार भएको राजावादीहरुको प्रदर्शन र तोडफोडपछि जिल्लाका राजनीतिक दलले सक्रिय भएर जिल्लामा कार्यक्रम अयोजना गरिएको हो ।
नेकपा एमाले चितवनले शनिबार भरतपुरमा आयोजना गरेको सुदृढ गणतन्त्र र सविधानको रक्षा सम्बन्धी अन्तरसम्वाद कार्यक्रममा जिल्लाका राजनीतिक दलका शीर्ष नेताहरुले गणतन्त्रलाई रक्षा गर्नु नै अहिलेको अवश्यकता रहेको बताउनुभयो । जनताको वलिदानीले आएको यो उपलधीलाई कमजोर बनाउने प्रयास भइराखेकाले सवै एक जुट हुनु पर्नेमा जोड दिनु भएको छ । विरोधीहरुको प्रयास सफल नहुने भन्दै सतर्क रहन जनतालाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मरिसकेको राजतन्त्र कुनैपनि हालतमा आउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘राजतन्त्र ल्याउन गुरु महाराजहरु लागेका छन् । यो उहाँहरुको सपना मात्र हुनेछ । गाणतन्त्रमा अब राजा आउने सम्भावना छैन ।’
आफूलाई फेरि राजा हुन मन लागेपछि भएको प्रदर्शन उपयुक्त छैन । व्यक्तिको धन सम्पत्ति माथि आक्रमण गर्नेलाइ तत्काल पक्राउ गरि कार्वाही गर्न माग गर्दछु उहाले भन्नुभयो । व्यक्ति हत्या, आतंक, तोडफोड कुनैपनि हालतमा स्वीकार्य छैन ।
व्यक्तिको स्वार्थ पूरा गर्न राजाको आडमा गएकालाई कार्वाही गर्नु पर्दछ । सरकार सञ्चालनमा गम्भिरताका साथ अगाडि बढेमा यस्ता गतिविधि आफै समाप्त भएर जाने नेता थपलियाले भन्नुभयो । काठमाडौमा भएको हिंसाबाट राजनीतिक दलले पाठ सिक्नु पर्नेमा उहाले जोड दिनुभयो । गणतन्त्रमा राजतन्त्र खोज्नु कुनैपनि हालतमा उपयुक्त हुदैन ।
कार्यक्रममा संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखरेलले सत्तरी वर्ष अगाडिदेखिको जनताको माग अनुसार निर्माण भएको संविधान रक्षा अहिलेको अवश्यकता रहेको बताउनुभयो । उहाले संविधान विपरित राजतन्त्र कुनैपनि हालतमा स्वीकार्य नहुने बताउनुभयो । उहाले भन्नुभयो ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । संसारमा गणतन्त्र तथा लोकतन्त्रको विकल्प राजतन्त्र भएको इतिहास छैन । परिवर्तनलाई सस्थागत गरेर लैजानु अहिलेको अवश्यकता हो ।’ जनताको भावना अनुसार राजनीतिक दल तथा सरकारले कार्यसम्पादन गर्न सकेमा यस्ता राजा समर्थकका कार्यक्रम नै नहुने उहाले बताउनुभयो ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले दाशढुङ्गा र दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न नसक्दा देश यो अबस्थामा आउन पुगेको बताउनुभयो । राजनीतिक दलबाट जनताले धेरै अपेक्षा गरेका थिए तर त्यो अनुसारको कार्यशैली नहुदा राजतन्त्रको पक्षमा केही समुह देखिन थालेका छन् । उहाले भन्नुभयो जनताले खोजेको प्रश्नको जवाफ दिन नसक्नु, विश्वमा नेपालको विश्वास घर्कदै जादा अहिलेको अबस्था आएको छ ।
विश्वमा एकपटक आन्दोलन भएपछि त्यसबाट भएको उपलब्धिलाई सस्थागत गरी समृद्धिको बाटोमा गएको पाउछौ । तर नेपालमा पटकपटक आन्दोलन भैराख्नु राम्रो होइन । उपलब्धिलाई सस्थागत गरेर लैजानु अहिलेको आश्यकता हो । गणतन्त्रको विरुद्ध राजतन्त्र हुन सक्दैन । कमजोरी भएमा त्यसलाइ सुधार गर्नु पर्दछ तर अहिलेको व्यबस्थाको विकल्प राजतन्त्र कदापी हुन नसक्ने सभापति खनालले बताउनुभयो ।
सामाजिक राजनीतिक, सञ्चार, शिक्षा, भौतिक विकासमा हामीले बिगतमा भन्दा राम्रो विकास गरेका छौ । तर भएका कामको बारेमा अहिलेको पुस्तालाइ सिकाउन नसक्दा केही भएको छैन भन्ने भ्रम फैलाइएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष कमलराज पाठकले फेरी राजा हुन्छु भनेर पूर्व राजाले सपना नदेख्न अनुरोध गर्नुभयो । राजतन्त्र नेपाली जनतालाई स्विकार्य छैन । अहिलेको अवस्था आउनुको मुख्य कारण जन चाहना अनुरुप राजनीतिक दलले आफ्नो व्यबहारमा सुधार गर्न नसक्दाको परिणाम भएको बताउनुभयो । गणतन्त्र ठिक हो तर नेताका व्यबहारमा सुधार गर्नु पर्दछ । अब राजा मात्र ठिक भन्ने नया पुस्ताले सोचेको छ । तर नया पुस्तालाई हामीले बुझाउन नसक्नु हाम्रो कमजोरी भयो । उहाले भन्नुभयो पाठ्याक्रममा नै राजाको वदमासीको विषयमा राखेर सिकाउनु पर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका जिल्ला सचिव द्रोण शिवाकोटीले राजाले गरेका बदमासीको बारेमा युवामा जानकारी गराउनु अहिलेको आश्यकता रहेको बताउनुभयो । लोकतन्त्र आयो तर राजनीतिक दलका नेतृत्वमा लोकतान्त्रिक व्यवहार हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । जनतालाई निराशाबाट जोगाउन सक्नु पर्दछ । व्यबस्था राम्रो हो तर दलका नेतृत्वले गरेका कमजोरीलाई सच्च्याए अगाडि लैजानुको विकल्प छैन सचिव शिवाकोटीले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले गणतन्त्रमा राजतन्त्रको विषयमा वहस गर्नु नै उपयुक्त नभएको बताउनुभयो । समाज धेरै अगाडि वढी सहेकाले अब पूर्व राजालाई नागरिक भन्दा माथि शासक भएर उठ्ने प्रयान नगर्न सुझाव दिनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा, कानून विज्ञहरुको सहभागिता रहेको थियो । नेकपा एमालेले गणतन्त्रको पक्षमा अराजक राजावादीको कार्यशैलीको विरुद्धमा सोमबार वृहत विरोध सभा गर्ने जानकारी दिएको छ ।