राप्ती नगरपालिकाले डाडामा कफी फलाउदै

शालिग्राम नेपाल ।
चितवन । विपन्न वर्गकोलागि आफ्नै बारीमा आयआर्जन गर्ने गरी पूर्वी चितवनको पहाडी क्षेत्रमा कफी सुरु भएको छ ।
चेपाङ तथा विपन्न वर्गको बाहुल्यता रहेको राप्ती नगरपालिकाकाले पहाडी क्षेत्रमा अन्न कम फल्ने भएपछि अनिकालको सामना भोग्दै आएका थिए । अहिले राप्ती नगरपालिकाले अध्ययन गरी कफी खेतीका लागि सहयोग गरेपछि आय आर्जनको बाटो खुलेको छ । राप्ती नगरपालिकाले परीक्षणकालागि वडा नं. १ को परेवाकोटमा कफी खेती सुरु गरिएको थियो ।
६० विगाह क्षेत्रमा गरिएको कफी खेती सफल भएको पालिका प्रमुख शमशेर लामाले जानकारी दिनुभयो ।
समुन्द्री सतहदेखि १ एकहजार मिटर उचाइमा रहेको परेवाकोटमा कफी फलेर उत्पादन दिन थालेको छ । परीक्षणको लागि गरिएको खेतीबाट राम्रो आम्दानी दिने प्रमाणित भएपछि अहिले पालिकाको चारवटा वडामा कफी खेती गर्नको लागि विरुवा तयार भएको प्रमुख लामाले बताउनुभयो । परीक्षणका लागि लगाइएको परेवाकोटमा फलेको कफी त्यहीका रिसोर्ट सञ्चालकले खरिद गरी राखेकाले बजारका लागि समस्या नभएको बताउनुभयो ।
पालिकाको वडा नंं १०, ११, १२ र १३ मा करिब तीन लाख बिरुवा रोप्ने तयारी रहेको नगर प्रमुख लामाले जानकारी दिनुभयो । ‘हामीले परीक्षणको लागि रोपेको स्थानमा राम्रो फलेको पाएका छौ ’ लामाले भन्नुभयो ‘त्यसैलाई आधार बनाएर पालिकाकाले लगानीमा विरुवा हुर्काउने काम भएको छ । आफ्नै वारीबाट दीर्घकालिन आम्दानीको बाटो खोज्न कफी खेतीमा लगानी गरिएको हो । ’
गरिब तथा विपन्न वर्गको बसोबास रहेको पहाडी क्षेत्रमा छ महिना खान पुग्ने र बाँकी समय अनिकालबाट गुज्रनु पर्ने अवस्था रहेको छ । त्यसैलाई अन्त्य गर्दै आयआर्जनको बाटो अपनाउन नगरपालिकाको विरुवा हुर्काउने, लगाइदिने र प्राविधिक सहयोग समेत गर्ने गरी अगाडि वढेको उहाले जानकारी दिनुभयो । फलेको कफीको बजारको जिम्मा पालिकाले नै गर्दछ । बजार नपाउने भन्ने हुदैन पालिका प्रमुख लामाले भन्नुभयो ।


पालिकाको पहाडी क्षेत्र यौरालीटार, वासबाङ, लोथर, कान्द्राङलगायतको क्षेत्रमा कफी खेतीका लागि जमिन तयार पारेको छ । कतिपय स्थानमा लगाइसकेको छ । अहिले तयार पारेको तीन लाख विरुवा चारवटा वडामा लगाउने गरी तयारी अवस्थामा रहेको छ । विरुवा जेठ महिनामा लगाउने तयारी छ । अहिले परेवाकोट र अन्य स्थानमा लगाएर फल दिन थालिसकेको छ । थप स्थानमा लगाउने तयारी भएको पालिका प्रमुख लामाले जानकारी दिनुभयो । एक पटक कफीको विरुवा रोपेपछि ७५ वर्षसम्म फल दिने गर्दछ । लगाएपछि ७५ वर्ष भित्र तीन पटक हागा काटेर व्यवस्थित पार्नु पर्ने हुन्छ । कम मेहनतमा धेरै आम्दानी गर्न सकिने भएकाले कफी खेतीको लागि पालिकाले लगानी गरेको उहाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८÷७९ मा नगरपालिकाले कफीको लागि ५० लाख बजेट छुट्टाइएको थियो । आर्थिक वर्ष २०७९÷८० एक करोड, २०८०÷८१ मा एक करोड ५० लाख रुपियाँ र आर्थिक वर्ष २०८१÷०८२ मा तीन करोड बजेट छुट्टाएर काम भइराखेको नगरपालिका प्रमुख लामाले जानकारी दिनुभयो । नेपालको बजारमा दुइहजार पाँचसय मेट्रिक्टन कफीको माग रहेको छ । नेपालमा भने एकसय मेट्रिक्टन मात्र उत्पादन हुदै आएको छ । अपुग कफी भारतबाट आउने गरेको छ ।


राप्ती नगरपालिकाले कफी लगाउनको लागि विरुवा, प्राविधिक सहयोग, हाते ट्याक्टर सहयोग गरेको छ । फलेपछि पालिकाले नै नेपाल सरकारले तोकेको मुल्य दिएर खरिद गर्ने भएको छ । किसानले उत्पादन गरेको कफीले बजार पाउदैन भन्ने समस्या नहुने उहाले बताउनुभयो । पाँचसय मिटर उचाइदेखि कफी खेती हुने भएकाले पालिकाको एकहजार सातसय मिटर उचाइसम्मको स्थानमा खेती गर्ने तयारी रहको छ । एकहजार मिटरको उचाइका केही स्थानमा अहिलेपनि खेती भइराखेको छ । ठुलो मात्रामा भने अब खेती हुने प्रमुख लामाले जानकारी दिनुभयो । कफी खेती धेरै भएपछि यस क्षेत्रका स्थानीयको आर्थिक अवस्था बलियो हुने छ भने व्यवसायिक खेती हेर्नको लागि पर्यटकको पनि सख्या वृद्धि हुने उहाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट