चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो साधारणसभा चितवनको नारायणगढमा आइतबार हुदैछ । प्रदेशको अधिवेशनको तयारी पूरा भएको प्रदेश अध्यक्ष रामेश्याम खतिवडाले जानकारी दिनुभयो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्रमुख वक्ता रहनु भएको अधिवेशनमा एमालेका वागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, एमालेका स्थानीय कमिटी सदस्य, केन्द्रीय सदस्य तथा अन्य नेताहरु सहभागी हुने कार्यक्रम हरेको छ । संगठनका केन्द्रीय अध्यक्ष गणेश वस्नेतको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा संगठनका उपाध्यक्षहरु गणेश पाण्डे, राजेश राइ, महासचिव हिरामान लामा, प्रदेश सचिव विष्णु तारुके लगायतको उपपस्थिति रहनेछ ।
संगठनले गरेका गतिविधिको प्रदेश महासचिव प्रकास दाहालले प्रतिवेदन प्रस्तुत हुनेछ । अधिवेशनको खुला सत्र नारायणी कला मन्दिर र वन्द सत्र गंगोत्री होटलमा हुनेछ । प्रदेशका सवै जिल्लाका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रममा केही प्रतिनिधि शनिबारनै चितवन आइपुग्नु भएको छ ।