चितवन । नेपाल उधोग संघको तेस्रो वार्षिक साधरणसभाले खोमकान्त रोग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नेपाल उद्योग तथा व्यवसायी महासंघको शनिबार काठमाण्डौमा भएको साधारणसभाले रेग्मीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा ईश्वर बहादुर गुरूङ, देवेन्द्र चौलागाई, प्रेम बहादुर बस्नेत,दुर्गा गौतम, शोभाकान्त बस्याल,महासचिव राज कुमार बन्जरा उपमहासचिव माधव रेग्मी ,कमल प्रसाद पौडेल कोषाध्यक्ष धुर्ब तिवारी सचिव डोल प्रसाद अधिकारी ,सरस्वती राई र अनिल आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । कार्यसमिति सदस्यहरुमा दिल कुमार श्रेष्ठ ,बलराम मैनाली, सन्तोषी श्रेष्ठ ,अजित बजगाई,पदम कुमार कार्की ,बसुना कार्की गौरव पौडेल ,दुर्गा पुरी चयन भएका छन्।
कार्यसमितिले आगामी २ वर्ष नेपाल उधोग संघको नेतृत्व गर्नेछ। संघको यसअघिको कार्यसमितिको अध्यक्ष सुनिल श्रेष्ठ हुनु भएको थियो । नवनिर्वाचन अध्यक्ष रेग्मी यस अगाडि मुद्रण महासंघको केन्द्रीय अध्यक्ष हुनु भएको थियो ।
