फागुन नौ गते नेक्सन बेन्चरको विद्युतीय कार टेस्ट ड्राइभ भरतपुरमा

चितवन । नेक्सन बेन्चर प्रालिले चितवनको भरतपुरमा विद्युतीय कार टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु गर्न लागेको छ ।
फागुन ९ र १० गते भरतपुरको चितवन गार्डेन रिसोर्टमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याप्म सुरु गर्न लागेको हो ।
एलएस अटोले बनाएको पहिलो मोडल एलईभी ०१ नेपाल आएको हो । नेपालको लागि नेक्सन भेन्चर आधिकारीक वितरक नियुक्ती भएपछि एलएस अटोको एलईभी ०१ नेपाल ल्याएको हो । । स्ट्याण्डर्ड र कम्फर्ट गरि दुई भेरियन्टमा आएको एलईभी ०१ मा ६७.१ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ ।
यो इभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । एलईभी ०१ मा नेपालको बाटो सुहाउदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्टीक प्ल्याटफर्म एलईभी एक्समा बनेको यो इभीमा व्याट्रीप्याक पोजीसन साइड बडिभन्दा अझै माथि रहेको छ ।
यसको व्याट्रीप्याक र ग्राउण्ड बिचको दुरी २२१ एमएमको रहेको छ । एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन भएको यसको व्याट्रीप्याक अन्य इभीहरुमा जस्तो ह्याङगीङ्ग भएको जस्तो बाहिरबाट देखिदैन । एस भोल्टको व्याट्री एनसीएम तथा व्लेडव्याट्री भन्दा ८ प्रतिशतले बढि दक्ष रहेको छ । चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ ।

शेयर गरौ

ताजा अपडेट