जेठ ३ बाट नारायणीमा दुईसय सिट क्षमताको जहाज चल्ने मन्त्री लामाको दावी

चितवन, फागुन २४ गते ।
प्रदेश नम्वर ३ का भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आगामी जेष्ठ ३ गतेदेखी नारायणी नदिमा पानी जहाज चल्ने दावी गरेका छन् ।
राप्ती नगरपालिका ७ सिक्सगु्रपमा ज्योती मार्ग तथा कल्र्भटको शुक्रवार उद्घाटन गर्दै मन्त्री लामाले मन्त्री लामाले चितवनको दासढुंगादेखी गाजीपुर सम्म पहिलो चरणमा पानी जहाज चलाउने वताए ।
पहिलो चरणमा करिव २ सय जना क्षमताको जहाज चलाईने मन्त्री लामाको भनाई थियो । पाँच वर्षपछि कम्युनिष्ट पार्टीलेनै सरकार चलाउने उनले वताए । सरकारको अहिलेको कामले अवको सरकार एकलौटी रुपमा कम्युनिष्टले चलाउने मन्त्री लामाको जिकिर थियो । मन्त्री लामाले आगामी आर्थिक वर्षमा वृद्धभत्ता वढाउने जानकारी दिए ।

कृषि मन्त्री लामाले जनआन्दोलनमा पत्रकारहरुले गरेको योगदानको प्रसंसा गर्दै समृद्धीको अभियानमा लागेको सरकारले अहिले भने सहयोग नपाएको गुनासो गरे । राप्ती ७ वडा कार्यालयको सहयोगमा करिव ९ सय मिटर बाटो तथा कल्र्भट निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभाव वराल,पुर्व साँसद गोविन्दराम चेपाङ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई,वडाध्यक्षहरु सुमिता डल्लाकोटी,वुद्धिराज थपलिया,मेनुका पाठक,इन्जिनियर अर्जुन पौडेल लगायत स्थानीयवासीको उपस्थिती रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट