चितवन बारमा रानाभाट विजयी

 

चितवन, । शनिबार भररतपुरमा भएको चितवन जिल्ला अदालत बार एशोसिएसनको निर्वाचनमा फूलमाया रानाभाट विजयी हुनु भएको छ ।
चितवन बारमा पहिलो पटक महिला अध्यक्ष चयन हुनुभएको हो । शनिबार सम्पन्न अधिवेशनमा उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्नु भएको थियो । रानाभाटले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गर्नुभएको थियो । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी संघबाट निर्वाचित हुनुभएको थियो ।
शनिबार अवेर सम्पन्न मगतणनाबाट उपाध्यक्षमा सीताराम अधिकारी विजयी हुनुभएको छ । उहाँले ९१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गर्नु भएको थियो । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गर्नुभयो । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध हुनु भयो ।
कोषाध्यक्षमा दिपकराज तिमिल्सिना, महिला सदस्यमा प्रियङका थापा, खुल्ला सदस्य शैखरनाथ पोखरेल किरण गुरुङ, सुरेन्द्रराज सुवेदी, शम्भु बर्तौला, रामकुमार प्याकुरेल, अजयकुमार तामाङ,केदारराज पन्त विजयी हुनु भयो ।

शेयर गरौ

ताजा अपडेट