काठमाडौँ, २४ फागुन :
राष्ट्रपति विद्यादेवी भण्डारी १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक हुनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ । (रासस)


