चितवन । । उद्योगी तथा व्यवसायीको अधिकारका विषयमा सरकारलाई जिम्मेवार बनाउन देशभरीबाट भेला भएर दवाव दिने भएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघमा अवद्ध भएका सदस्यहरु नवलपरासीको गैडाकोटमा भेला भएर सरकारले बनाउने नीति निर्माणमा उद्योगी व्यवसायीको अधिकारलाई ध्यान दिन दवाव दिने भएको हो । नेकपा एमाले निकट उद्योगी व्यवसायीको महासंघमा सरकारका प्रतिनिधि र एमालेका महासचिवलाई एकै स्थानमा राखेर माग राख्ने तयारी भएको हो ।
महासंघको गैडाकोटमा पुस १२ र १३ गते दुइदिनसम्म हुने भेलाले सस्थाको विधान संसोधन र सरकारलाई दवाव दिन घोषणा पत्र जारी राख्ने वुधबार आयोजित पत्रकार सम्मेलनामा जानकारी दिएको छ । महासंघका पूर्व उपाध्यक्ष तथा भेलाका संयोजक डाक्टर तिलचन्द्र भट्टराइले ठुला पार्टी मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशले गति लिन नसक्ने बताउनुभयो ।
भेलाको विषयमा जानकारी दिदै उहाले हामी बन्द भएका उद्योगहरु खोल्नको लागि सरकारलाई दवाव दिने, धरासायी हुदै गएको उद्योगको विषयमा सञ्चालनको वातावरण बनाउन पहल गर्ने, नेपालमा उत्पादन भएका वस्तुहरुलाई सहज तरिकाले विदेश निर्यात गर्ने वातावरण निर्माण गर्ने लगायतको विषयमा छलफल हुने जानकारी दिनुभयो ।
भेलाको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नु हुनेछ । कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर युवराज खतिवडा, उद्योगी व्यवसायीहरु एकै स्थानमा बसेर यस क्षेत्रको विकासमा छलफल हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा महासंघका प्रतिनिधि भागिरथ सापकोटाले देशलाई आफ्नै उत्पादनमा टेक्ने बनाउने तर्फ सरकारले काम गर्नको लागि दवाव दिने जानकारी दिनुभयो । ७७ जिल्लाबाट तीन सय भन्दा धेरै प्रतिनिधि सहभागी हुने विस्तारित भेलामा विज्ञहरुले सुझाव दिने बताउनुभयो । नेपाल उद्योग तथा व्यवसायी महासंघका सचिवलय सदस्य खोमकान्त रेग्मीले उद्योगीहरुको अधिकारका विषयमा घनिभुत रुपमा छलफल गरी सरकारलाई सन्देश दिने जानकारी दिनुभयो । कार्यक्रममा उद्योगी व्यवसायी शंकर नेपाल लगायतको उपस्थिति रहेको थियो।