आचार्यको नेतृत्वमा नेपाल गणित समाज वागमती प्रदेश कमिटी गठन

चितवन । सह प्राध्यापक राजाराम आचार्यको नेतृत्वमा नेपाल गणित समाजको वागमती प्रदेश कमिटी गठन भएको छ ।
पूर्वी चितवनको रत्ननगरमा भएको एक भेलाले आचार्यको नेतृत्वमा गणित विषय अध्यापन गराउदै आएका प्राध्यापकहरुले समाज गठन गरेको हो । समाजको दोस्रो अधिवेशनबाट समाजको उपसभापतिमा भुपेन्द्र धिताल, सचिव पदमलाल न्यौपाने, सहसचिव शिवराज बर्तौला, कोषाध्यक्ष मार्तण्ड पौडेल, सदस्यहरूमा विष्णुप्रसाद ढकाल, राजेन्द्र पौडेल, किसन बास्तोला, अमित घिमिरे, मोहन श्रेष्ठ, नारायण नेपाल रहनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल गणित समाज केन्द्रीय कमिटीका सभापति प्राध्यापक डाक्टर नारायणप्रसाद पहाडीले गणित विषयको आवश्यकता र महत्वको बारेमा जानकारी गराउनु भयो । विद्यालय तहदेखि उच्च शिक्षासम्म गणित विषयका जटिलता र यसको आवश्यकताको बारेमा प्रकास पार्नु भएको थियो ।
कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा नेपाल गणित समाज बागमती प्रदेश कमिटीका संस्थापक सभापति प्राध्यापक दयाराम पौडेल, डाक्टर जीवन काफ्ले, प्राध्यापक डाक्टर हरिहर पौडेल , सह प्राध्यापक डाक्टर गंगाराज पोखरेल ,भूपेन्द्र धिताल ,हरि प्रपन्न कडेल , छवि ढुङ्गाना, सह प्राध्यापक डाक्टर प्रेमसागर भण्डारीले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम संस्थाका सचिव रमेश चन्द्र शर्माले सञ्चालन गर्नु भएको थियो । स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष विष्णु ढकालले राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट