चितवन । विश्व मधुमेह दिवस पारेर नारायणगढमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ३ , राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, चितवन जिल्ला समिति, चितवन अस्पताल प्रालिको सयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ३५० जनाले सेवा लिएको कार्यक्रम संयोजक प्रा.डा. विजयप्रसाद पौडेलले जानकारी दिनुभयो ।
शिविरमा महिला १५० जना, पुरुष–२०० जना सहभागी भएको उहाले जानकारी दिनुभयो । ३५० मध्ये ३२० नियमित औषधी सेव गर्ने थिए । ३० जना नयाँ सुगर बिरामी पत्ता लगाइएको थियो । नयाँलाई थप स्वास्थ्य परिक्षणको पठाइएको थियो । कार्यक्रममा चिकित्सकको नेतृत्व प्रा.डा. विजयप्रसाद पौडेलले गर्नु भएको थियो ।
अन्य चिकित्सकहरुमा डा.प्रतिक न्यौपाने फिजिसियन, डा.सन्दीप पान्डे फिजिसियन , डा. रामकृष्ण पौडेल, मेडिकल अधिकृत डाक्टर अश्विन सापकोटा, डा. रामेश्वर यादव, स्वास्थ्यकर्मीहरुमा केशवराज सापकोटा, जगन्नाथ ओझा विष्णु प्रसाद सापकोटा, ज्ञान हरि वाग्ले, सुजन ढकाल हरिप्रसाद तिवारी, नारायण प्रसाद सापकोटा, सुरज अधिकारी, ऋषिराम पोखेल, रामचन्द्र केसी एकनारायण अर्याल, नरबहादुर कुमाल ,मधु ज्ञावली ,परमात्म रेग्मी देवप्रसाद पौडेल, परशुराम चौधरी, मान्ती महतो, नर्सिङहरुबाट तुलसी थापा, बसुन्धरा थापा मिना तिवारीलगायत ल्याब, फर्मासिस्टबाट पनि खटिएर सहयोग पुन्याउनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय. सचिवालय सदस्य मुकुन्द न्यौपाने, केन्द्रीय सदस्य केदार न्यौपाने, प्रदेश सभासद हरिप्रसाद सापकोटा, जिल्ला कमिटी सचिव प्रकाश ढुङ्गाना, निर्वतमान जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला सदस्य सचिवालय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख प्रकाश भट्ट, अन्जु गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । चितवन अस्पताल निर्देशक भोला पौडेल, निर्वतमान अध्यक्ष चुडामणी घिमिरे, मधुमेह समाज चितवनका सचिव केशव देवकोटा, भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष विकाश थापालगायतले परिक्षण गर्नु भएको थियो ।
स्वास्थ्य शिविरमा स्वास्थ्य सचेतना सम्वन्धी कक्षा सञ्चालन गरिएको थियो । कार्यक्रम प्रा.डा. विजयप्रसाद पौडेलले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष विकास थापा, मधुमेह समाज चितवनका सचिव केशव देवकोटा, राष्ट्रिय स्वस्थ्यकर्मी माहासंघ जिल्ला अध्यक्ष केशवराज सापकोटा, चितवन अस्पताल प्रालिका निवर्तमान अध्यक्ष चुडामणी घिमिरे, औषधी कम्पनी को तर्फबाट एनपिएलका एमआर गुडडु ओझा मन्तव्य राख्नु भएको थियो ।