चितवन । यति एअरलाइन्सले मंगलबारदेखि दैनिक रुपमा भैरहवा पोखरा, भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा पोखराको उडान समय ११ः०५ बजे र पोखरा, भैरहवाको उडान समय ११ः४५ बजे रहेको छ । हाललाई एकतर्फी हवाई भाडा रु २५०० कायम गरिएको यती एअरलाइन्सले जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको संख्या वृद्धि गर्न टेवा पुर्याउने उद्देश्यले भैरहवा(पोखरा प्रत्यक्ष उडान सुरु गरेको यती एअरलाइन्सले जानकारी दिएको छ ।