नेपाली चलिचित्र प्रति दर्शको क्रेज एकै दिन चितवनमा एकतिस सो : शनिबार मात्रै तीस लाख व्यापार

 

चितवन, । चितवनमा नेपाली चलिचित्रले अहिलेसम्मकै धेरै व्यापार गर्न सफल भएको पाइएको छ ।
जिल्लामा अहिले छ वटा चलिचित्र हल सञ्चालनमा रहेका छन् । ती सबै चलचित्र भवनमा शनिबार मात्रै ३१ सो पूर्णबहादुरको सारङगीले पाएको हल सञ्चालकले जानकारी दिएको छ । दसैं तिहार र छठ लक्षित गरेर नेपाली चलिचित्र प्रदर्शनमा आएका थिए । ती मध्य पछिल्लो समय सामाजिक कथामा निर्माण भएको चलचित्र पूर्णबहादुरको सारङगीले आक्रामक व्यापार गरेको चलचित्र बिकास बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिनुभयो ।
यस अगाडि नेपाल चलिचित्र हेर्न आउनेको सङख्या धेरै हुने गरेपनि यसरी एकै दिन एउटै चलचित्र भवनमा धेरै सो चलाउनु पर्ने अवस्था नआएको उहाले बताउनुभयो । चितवनमा चारवटा हल क्युएफएक्स र दुइवटा साधाणर हल गरी छ वटा सञ्चालनमा रहेको छ । ती सबै हलमा दुइ दिनपछि सम्मलाई वुक भैसकेको सञ्चालकले जानकारी दिएको छ । चलचित्र बिकास बोर्डका सदस्य अधिकारीले शनिबार मात्रै चितवनको हलले ३० लाखको व्यापार गर्न सफल भएको जानकारी दिनुभयो ।
दसैंको समयमा चलचित्र १२ गाउँ र छक्कापन्जाले दर्शकको मन जित्न सफल भने तिहारको समयमा चलचित्र पूर्णबहादुरको सारङ्गीले दर्शकको मन जित्यो । चितवनको पुरानो मध्यको एक इन्द्रदेव चलचित्र मन्दिरका व्यवस्थापक हरी रेग्मीले वर्षौपछि नेपाली चलचित्रले लगातार हाउसफुल भएर प्रर्दशन भइरहेको जानकारी दिनुभयो । दसैंमा चलचित्र १२ गाउँ, छक्कापन्जा र अहिले पूर्णबहादुरको सारङ्गीले हाउसफुलका साथ व्यापार गरिरहेको बताउनुभयो ।
‘अहिले चलिरहेको पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न आएका ४५ सय बढि दर्शक टिकट नपाएर फर्किएका छन्, उहाँले भन्नुभयो, टिकट व्यवस्थापन गर्नै कठिन भइरहेको छ ।’ इन्द्रदेव हलमा अहिले दैनिक पाँच सो सञ्चालन भइरहेको छ । ८३२ सिट क्षमता भएको यस हलमा सबै सोमा पूर्णबहादुरको सारङ्गी प्रर्दशन भइरहेको छ । विगतका वर्षहरुमा दशैं तिहारमा पनि हाउसफुल नहुने हलहरुमा यसपटक तीन चारदिन अघिदेखिनै टिकट बुकिङ गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
क्युएफएक्स जलमाँ हलका व्यवस्थापक विकास पोखरेलले दैनिक नौ सो सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । क्यु एफएक्समा बिहान ५ः०० बजेदेखि राती १०ः४५ बजेसम्म ९ शो सञ्चालन हुँदापनि दर्शकको माग पूरा गर्न नसकिएको बताउनुभयो । मङलबारसम्म वुक भैसकेको उहाले बताउनुभयो । यो चलचित्र भवनमा पाँचसय ३३ सिट क्षमता रहेको छ । भारतीय चलचित्र भन्दा नेपाली हेर्न आउनेको सख्या वृद्धि भएपछि भारतीय चलचित्रको सो घटाएको उहाले बताउनुभयो ।


चितवनमा छ वटा फिल्म हल छन । अहिले सबै हल हाउसफुल सञ्चालनमा आएको चलचित्र बिकास बोर्डका सदस्य रवि अधिकारीले बताउनुभयो । उहाँका अनुसार यसरी नेपाली फिल्म यती धेरै चलेको यो पहिलोपटक हो । चितवनमा तिहारपछि हरेक दिन २३ लाखको हाराहारीमा चलचित्रले कारोवार गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय दर्शकको साथले नेपाली चलचित्रको भबिष्य राम्रो छ भन्ने प्रमाणित गरेको अधिकारीको भनाई छ ।


क्यु एफएक्स सिजी हलका व्यवस्थापक प्रविन कार्कीले धेरै दर्शक टिकट नपाएर फर्किएको बताउनुभयो । उहाँले दशैमा हाउसफुल रहेको हल तिहारका एक दुईदिन खाली भएपनि अहिले झन् भीड बढेको बताउनुभयो । कतिपय दर्शकले रातकै भएपनि शो थपिदिन आग्रह गरेको उहाँको भनाई छ । अहिले दैनिक नौ सो सञ्चालनमा रहेको जानकारी दिनुभयो । मङगलबारसम्म पूर्णबहादुरको सारङ्गी चलचित्रको टिकट वुक भएकाले आफूपनि अचम्ममा परेको उहाले बताउनुभयो ।
एउटा पर्दा मात्र रहेको पूर्वी चितवनको पर्साको म्याङगो चलचित्र भवनका सञ्चालक शिवप्रसाद उप्रेतीले विहान ४ः४५ देखि राति ११ः५५ बजेसम्म सो सञ्चालनमा रहेको बताउनुभयो । यती धेरै चलचित्र हेर्न आउनेको सख्या आफूले अगाडि नपाएको बताउनुभयो । तीनदिनपछिसम्म टिकट वुक भएको बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट