विराटनगर । नेकपा (एमाले) को तर्फबाट मोरङ जिल्लाको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्बाचन क्षेत्र ९ख० बाट निर्बाचित प्रदेशसभाका सदस्य तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीका विषयमा उठेका गम्भीर सवालबारे नेकपा एमाले कोशी प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।
शनिवार प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गदैं मन्त्रीको हैसियतमा केही दिन अगाडी बैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरु समेतको बेवास्ता गरी पदिय मर्यादा बिपरीत जापानको भ्रमण गर्नु भएकोमा वहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा गराईसकिएको जानकारी दिनुभएको छ ।
अधिकारीको भ्रमणसँग जोडिएर मानव तस्करी गर्ने व्प्यक्तिहरुलाई शिघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्बजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण पार्टीले गराएको छ । आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा एमाले को संगठित सदस्यताबाट समेत निलम्वन गरिएको अध्यक्ष खतिवडाले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
वहाँको भ्रमणसंग जोडिएर वहाँको भ्रमण दलका सदस्यहरु प्रक्राउ परि अनुसन्धान भइरहेको अवस्थामा स्वयम निर्वतमान मन्त्री माथी मानव तस्करीको गंभीर आरोप लगाएर बिभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा नेकपा ९एमाले० माथी समेत गम्भीर आरोप लगाउदै अन्य गम्भीर प्रकृतिका अनियमितताका घटनाहरुलाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको ध्यानाकर्षण भएको छ । खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेकपा(एमाले) अबिचलित रुपमा कानुनी शासनको पक्षमा उभिदै आएको जिम्मेवार पार्टी भएको नाताले वहाँले गर्नुभएको भ्रमणसंग जोडिएर लागेको मानव तस्करी जस्तो गंभिर आरोपका सम्बन्धमा शिघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी दोषीलाई कारवाही गर्न विज्ञप्तिमा भनिएको छ ।