चितवन । मधुमेह रोगलाई वेवास्था गरे जटिल समस्या ल्याउने चिकित्सकहरुले बताएका छन् । खानपिन र व्यायामलाई ध्यान नदिदा देखा पर्ने मधुमेह रोग अहिले विकराल रुपमा वृद्धि भएको पाइन्छ । धेरै चिन्ता गर्ने, वंशाणुगत, दैनिक जीवन शैली, खानपिनको विषयमा ध्यान नदिदा मधुमेय रोग लाग्ने प्राध्यापक डाक्टर विजयप्रसाद पौडेलले जानकारी दिनुभयो । पछिल्ला केही वर्ष यता हरेक परिवारमा मधुमेह रोगका विरामी पाइएको छ । खासगरी सहरी क्षेत्रमा मधुमेय (सुगर) समस्या धेरै देखिएको छ ।
प्रा.डा. पौडेलले केही वर्ष अगाडि गर्नु भएको अनुसान्धानमा सवै भन्दा धेरै मधुमेहका समस्या भएका विरामीको सङ्ख्या भरतपुर महानगरपालिका वडा नंं. ३ मा रहेको छ । चारजना परिवारको सङ्ख्यामा कम्तीमा दुइजनामा समस्या भएको पाइएको उहाले बताउनुभयो । विश्वमा २० प्रतिशत जनसख्यामा मधुमेह समस्या रहेको छ । नेपालमा भने २० लाख भन्दा धेरैलाई मधुमेह रहेको पाइएको छ । मधुमेय रोग लागेका विरामीले आफलाई ध्यान नदिने र वेवास्था गर्नेलाई आँखा,मृगौला लगायत अंङगमा समस्या देखा पर्ने डाक्टर पौडेलले बताउनुभयो । यही कात्तिक २९ गते विश्व मधुमेह दिवस विरुद्धको दिवस मनाइदैछ । यही दिन भरतपुर महानगरपालिका वडा नं. ३ को पर्व पार्टी प्यालेसमा नि:शुल्क परिक्षण गरिदैछ । कार्यक्रम विहान ७ बजेदेखि निःशुल्क परिक्षण गर्ने, परामर्श दिने लगायतको कार्यक्रम रहेको उहाले बताउनुभयो ।
विश्व मधुमेह विरुद्धको दिवसको अवसर पारेर गरिएको कुराकानी