चितवन । छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान् सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ ।
छठकालागि नदीतथा तलाउमा सिगारिएको छ । पुजा गर्नको लागि तयारी अवस्थामा रहेको छ । चितवनको नारायणी नदी, यहाँका पोखरी तथा विभिन्न स्थानका पानीका स्रोतमा छठको पर्व मनाइदैछ ।
काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमल पोखरी लगायतका घाटहरू सिँगारिएको छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरु भएको मानिन्छ ।
मधेस प्रदेशको वीरगञ्ज, जनकपुर लगायतको स्थानका पोखरी तलाउमा सजाइएको छ ।