बलियो पार्टी बिना देश समृद्ध बन्न सक्दैन : एमाले महासचिव पोखरेल

 

चितवन । नेकपा एमालेको महासचिव शंकर पोखरेलले बलियो राजनीतिक दल बिना देश बलियो बन्न नसक्ने बताउनु भएको छ ।
नेकपा एमाले चितवनले मङगलबार भरतपुरमा आयोजना गरेको दसैं तिहार छठ पर्वको शुभकामना कार्यक्रममा सम्वोधन गर्दै उहाले कमजोर राजनीतिक दलले जनतालाई सेवा दिन नसक्ने बताउनुभयो । उहाले नेकपा एमाले बलियो राजनीतिक दल भएको देश निर्माणको पक्षमा रहेको जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘कमजोर राजनीतिक दल भएमा राज्य पनि कमजोर हुन्छ त्यस्तो राज्यले जनतालाई सेवा सुविधा समृद्धि दिन सक्दैन ।’
यदी जनतालाई समृद्ध बनाउने हो भने राज्यलाई बलियो बनाउनु पर्दछ । राज्यलाई बलियो बनाउने हो भने राजनीतिक दल बलियो बन्नु पर्दछ अनि मात्र लोकतन्त्र बलियो हुन्छ । बलियो राज्यले जनतालाई समृद्ध बनाउन सक्दछ भन्ने सच्चाइलाई बुझन जरुरी छ महासचिव पोखरेलले भन्नुभयो ।
नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी भएपनि एक्लै सरकारको नेतृत्व गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । उहाले भन्नुभयो समानुपातिक मतको आधारमा सबैभन्दा पहिलो पार्टी एमाले हो । सात मध्य छ प्रदेशमा एमाले पहिलो छ । जनमतमा हामी माथि छौ । तर देशको आवश्यकतामा एमाले बलियो छैन । जो बलियो छ त्यसले राज्यको नेतृत्व लिन सक्नु पर्दछ । तर अहिलेको सरकार एमालेको नेतृत्व भएपनि मिलीजुली सरकार छ ।
अब चौरासीको निर्वाचनमा एमाले पहिलो पार्टी बन्नु पर्दछ । एमालेको नीति राम्रो छ । नीति राम्रो भएर मात्र हुदैन राष्ट्रको नीति बन्न सकेन भने त्यसको लाभ जनताले पाउन सक्दैन । एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन निर्वाचनको माध्यमबाट पार्टीलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्नु पर्दछ । तब मात्र देश समृद्धिको यात्रामा जान सक्दछ । यो विषयलाई हामीले वुझ्नु पर्दछ ।
विकसित देशको इतिहास अध्ययन गर्दा कस्तो समयमा देश निर्माण गर्दछ भन्ने सन्देश दिएको छ । तीन वटा चिजको सुनिश्चितता भयो भने देशले विकास गरेको देखिन्छ । दुरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व । यी तीन चिज एकठाउँमा आइपुग्दछ अनि मात्र देशको निर्माण सफलता पूर्वक अगाडि बढ्दछ ।
कार्यक्रममा उहाले अहिलेको सरकारले देशलाई समृद्धिको यात्रालाई लैजाने कामको नेतृत्व गरिराखेको बताउनुभयो । एमालेलाई र एमाले नेतृत्वलाई वदनाम गर्न झुटा विषयलाई प्रचार गर्दै आएको बताउनुभयो । कुनै व्यक्ति चर्चित छु लोकप्रिय छु भन्दैमा कानुन भन्दा माथि हुन सक्दैन उहाले भन्नुभयो दोषी भए सजाय पाउछ निर्दोष भए छुट्छ । अनुसन्धानको लागि कुनै पार्टीका नेतालाई राखिदैमा अन्य पार्टीलाई गाली गलौज गर्ने, अनर्गल प्रचार गर्ने र अनुसन्धानलाई प्रभावित पार्ने काम गर्न नहुने उहाले बताउनुभयो ।
कार्यक्रममा उहाले एमाले माथि ओम्नी, यति होल्डिङ,गिरी वन्धु टिस्टेट लगायतमा भ्रष्टाचार भयो । यसको मुख्य दोषी एमाले हो भनी अफवाह फैलाएको प्रती अपत्ती जनाउदै एमाले सबै विषयमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउन तयार भएको बताउनुभयो । सबै घटनामा छानविन गरे एमाले बाहेकका नेताहरु जेलमा हुने महासचिव पोखरेलले बताउनुभयो ।
संसारका सवै राजनीतिक दल चन्दा र सहयोगबाट सञ्चालन भएको बताउनुभयो । नेपालमा काँग्रेस,राप्रपाका पार्टी कार्यालयल दाताले निर्माण गर्दा सामान्य हुने तर एमाले पार्टी सहयोगीले बनाइ दिन्छु भनेर सहयोग लिदा आपत्ती हुने हुन्छ उहाले प्रश्न गर्नु भयो । एमाले माथि चौतर्फी घेरावन्दी गर्न खोजिरहेको भन्दै नेता पोखरेलले यस विषयमा प्रष्ट पार्न कार्यकर्तालाई सुझाब दिनुभयो ।
दुइ पटकसम्म गृहमन्त्री भएर केही नगर्ने रास्वपा सभापति रवि लामिछानेलाई जिताएर चितवनवासी पछुताएको भन्दै आउदो निर्वाचनमा काम गर्ने नेतालाई विजयी गराउन अनुरोध गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, वागमती प्रदेश इन्चार्ज राजन भट्टराई, स्थायी कमिटी सदस्य सीता पौडेल, पोलिट व्यूरो सदस्य देवी ज्ञवाली, वागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नथ थपलियालगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट