चितवन, । नेपाल सरकारले भारतबाट दुध ल्याउने तयारी गरेको भन्दै चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघले विरोध जनाएको छ ।
देशमा उत्पादन भएको दुधले बजार नपाएको अवस्थामा भारतबाट ल्याएर किसानलाई धरासायी बनाउने तयारी सरकारले गरेको भन्दै विरोध जनाएको हो । संघले वुधबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी भारत सहित अन्य देशमा दुध ल्याउने तयारी गरेको सूचना पाएपछि विरोध गर्न वाध्य भएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेले बताउनुभयो ।
नेपालमा विगतका केही वर्ष अगाडि मात्र भारतबाट दुध ल्याउदा दुग्ध होलिडे भएर नेपालमा उत्पादन भएको दुध विक्री नहुने समस्या थियो । पाँच वर्ष अगाडिबाट भारतबाट आउने गरेको दुध वन्द भएको थियो । फेरी सरकारले ल्याउने तयारी गरेपछि नेपाली किसान धरासायी हुने, उत्पादन भएको दुध विक्री नहुने र फाल्नु पर्ने अवस्था आउने भन्दै विरोध जनाएको छ ।
सरकारी दुग्ध सस्था डिडिसी र निजी डेरीहरुले किनेको दुधको रकम अझै पाउन नसकेको अवस्थामा अर्को समस्या थप्न नहुने उहाले बताउनुभयो । अझैपनि चितवन जिल्लाका ४० हजार किसानको ७५ करोड रुपियाँ उठ्न बाँकी रहेको जानकारी दिनुभयो । ती मध्य डिडिसीले ३५ करोड दिनु पर्ने छ भने बाँकी रुपयाँ निजी डेरी उद्योगहरुले दिनु पर्ने रहेको उहाले बताउनुभयो ।
सहकारी संघको विवरण अनुसार चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुदै आएको छ । ती दुध चितवन सहित काठमाण्डौं उपत्यका, कास्कीलगायतका जिल्लामा जाने गरेको छ । विगतका वर्षमा निजी डेरी उद्योगले दुग्ध उत्पादक सहकारीलाई अग्रिम रुपियाँ जम्मा गरेर दुध लैजाने गरेको थियो । सरकारी सस्था डिडिसीले पैसा नदिएर बाँकी राख्न थालेपछि जिनी डेरी उद्योगहरुले पनि अग्रिम दिन छाडेर बाँकी राख्न थालेको सहकारी संघले जानकारी दिएको छ ।
करोडौ रुपियाँ महिनौसम्म राख्दा किसानलाइै प्रत्यक्ष असर परेको छ संघका अध्यक्ष बगालेले भन्नुभयो । किसानको समस्याको विषयमा सरकारको ध्यान नगएको भन्दै चिन्ता व्यक्त गर्नू भयो । नेपालमा उत्पादन भएको दुध विदेश निर्यात गर्ने वातावरण सरकारले निर्माण गर्नु पर्ने उहाले माग राख्नु भयो । चितवनमा उत्पादन भएको दुधले यहाँ पुगेर बाहिर जिल्लामा लैजान सक्ने भएको छ । दुधमा जिल्ला आत्मनिर्भर भएको संघले जानकारी दिएको छ ।