चितवन, । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको सेती दोभानमा बसलाई ट्रकले ठक्कर दिदा एक जना घाइते भएको छ ।
भरतपुर महानगरपालिका वडा नंं २९ को सेतीदोभानमा नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको प्र. १–०२–००१ ख ९९८९ नं. को बस आफै अनियन्त्रित भएर सडक छेउमा ठोक्किएको थियो । बसलाई सोही दिशा पछाडिबाट आउदै गरेको ना ६ ख ४८८७ नं. को डिब्बा ट्रकले विहान ५ःघ० बजे ठक्कर दिदा बसमा सवार भक्तपुर नगरपालिका वडा ९ घर भएका १९ वर्षीय अपिया सुहाल घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइतेको भरतपुर अस्पतालमा उपचार भइराखेको छ । केही समय अवरुद्ध भएको राजमार्ग अहिले सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।