काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (मंगलबार) नयाँ कीर्तिमान बनाएको हो । आज सुनको मूल्य ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन चाँदीको मूल्य भने घटेको छ । यो दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको हो ।