हेटौंडा, २२ फागुन
तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्र व्यबस्थित हुनुपर्ने बताउनु भएको छ ।
बुधबार प्रदेशको भौतिकपुर्वाधार बिकाश मन्त्रालयको आयोजनामा भएको यातायात सेवाको नाम पञ्जिकृत गर्ने सम्बन्धी भएको छलफल कार्यक्रममा बोल्दै उहाँले यातायात क्षेत्र संबेदनशिलभएकोले यसबारे सबै गम्भीर हुन जरुरी रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पौडेलले व्यबसायीहरुकालागि प्रदेश सरकारबाट गर्न सक्ने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सरकारले गरेका निर्णयहरुमा सबैले सहयोग गर्नुपर्ने पनि उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले कार्यदल बनाएर यातायात क्षेत्रको कामगर्ने उहाँले जानकारी दिनुभयो । व्यवसायीहरुले धेरै कुरा राखेको भन्दै अव छिटै नै कार्यदलमार्फत निष्कर्षमापुगिने पनिबताउनुभयो । सरकार तथा व्यवसायी दुबैलाई हित हुने कामगर्ने पनिउहाँको भनाई थियो ।
सरकार पनिअहिले नयाँ नै भएकोले त्यति धेरै कामगर्न सक्ने अवस्थाभने नरहेको बताउनुभयो । यद्यपीप्रदेश सरकारबाटहुने सहयोग गर्ने यहाँबाटनहुने केन्द्र सरकासंग लविङ गर्ने उहाँले जानकारी दिनुभयो । यातायात क्षेत्र व्यवस्थितबनाउन सरकारले कामगरिरहेको तयारी स्वरुप छलफलको आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘ यस क्षेत्रलाई व्यवस्थीत बनाउनुपर्छ । छिटो भन्दाछिटो सुव्यबस्थितबनाउनचाहन्छौं ।’ यातायात भन्ने वित्तिकै व्यापक भ्रष्टाचार हुन्छ भन्ने मान्यतालाई हटाउनु जरुरी रहेको उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले व्यवसायीबाट आएका सुझाबलाई संवेदनशिल भएर सम्बोधन गर्न प्रयास गर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममाबोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले कम्पनीमादर्ता भएर यातायातमजदुर तथा कर्मचारीकालागि सामाजिक सुरक्षाकार्यक्रममा सहभागि गराउन आग्रहगर्नुभयो । उहाँले मालबहाक सवारीमा सिण्डिकेट नभएपनि यात्रुबाहकबसहरुमा अझै पनि सिण्डीेकेट जारी भएको बताउनुभयो ।