भरतपुरमा नयाँ पर्यटकीय क्षेत्र थपिदै : आपटारीमा जीप लाइन सञ्चालन

 

चितवन । भरतपुर भ्रमण वर्ष पारेर यस क्षेत्रमा नयाँ पर्यटकीय गतिविधि सञ्चालनमा आएका छन् । भरतपुर आउने पर्यटकलाई केन्द्रित गरी पर्यटकीय गतिविधि सञ्चालनमा आएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिनुभयो ।

असार, साउन, भदौ तीन महिना वर्षातले गर्दा पर्यटकीय गतिविधि गर्नको लागि केही समस्या भएपनि असोज लागेपछि कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । भ्रमण वर्ष केन्द्रीत गरेर चितवन निकुञ्जको देवनगरमा वन्यजन्तु हेर्न मिल्ने स्थान सञ्चालनमा आएको छ ।
विभिन्न कारणले थुनेर राख्न पर्ने पाटेबाटलाई खोरमा राखिएको छ । त्यही बाघलाई प्रत्यक्ष हेर्न पाउने व्यवस्था मिलाइएको छ । यो यसै भ्रमण वर्षको अवसरमा सुक्षित रुपमा हेर्न मिल्ने बनाइएको महानगरपालिकाका कार्यालयले जानकारी दिएको छ । निकुञ्जले वन्यजन्तुलाई उपचारको लागि राख्न निर्माण गरेको अस्पतालमा पर्यटकले हृर्न पाउने व्यवस्था मिलाएको हो । यस क्षेत्रमा बाघ, हात्ती गैंडा लगायतका जनवार ल्याएर राखिने छ । यो यसै वर्षबाट सञ्चालनमा आएको हो ।
पाँच वर्षदेखि बन्द भएको भरतपुरको आपटारीमा रहेको साहसिक खेल जीप लाइन असोज १ गतेबाट सञ्चालनमा आएको छ । कोभिडलगायत विभिन्न कारणले बन्द भएको जीप लाइन पुन सञ्चालनमा आएको हो । वायण्ड वण्डर नेपालको लगानीमा साढे पाँचसय मिटर लामो जीप लाइन जलदेवी सामुदायिक वन भित्र सञ्चालनमा रहेको छ ।
यो सञ्चालन गरे लगतै कोभिड आएर बन्द गर्न वाध्य भएका थियौ अब अवस्था सामान्य भएर नयाँ ढङगबाट सञ्चालनमा ल्याएको वायण्ड वण्डर नेपालका सञ्चालक राजकुमार श्रेष्ठले बताउनुभयो । साढे पाँचसय मिटरको जीप लाइन पाँच सय रुपियाँमा चढ्न पाइने व्यवस्था रहेको उहाले बताउनुभयो । बालबालिकाको लागि अलग्गै र युवाको लागि अलग्गै जीप लाइन भएकाले जुन उमेर समुह आउदा पनि हुने उहाँले बताउनुभयो ।
यस्तै गरी आसोज १ गतेबाटै नारायणगढको जोरकुसुमदेखि देवघाटसम्मको चार किलोमिटर मोटर बोट सञ्चालनमा आएको छ । पर्यटकीय पार्क जोरकुसुमबाट दियालो वंगलाको पछाडि क्षेत्र, नवलपरासीको व्रिटिस क्याम्प, वागेश्वरी धाम हुदै देवघाट क्षेत्र पुग्ने मनोरम स्थल हेर्न पाइने भएको छ । भरतपुर आउनु भएका पर्यटकलाई विभिन्न प्रकारका मनोरञ्जन गर्न पाउने व्यवस्था रहेको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट