मुल्यवृद्धिपछि साटफेरले धानेको सुन बजार

 

चितवन, । सुन खरिद भन्दा बिक्री गर्न आउनेको सख्या वृद्धि भएपछि चितवनको सुनचाँदी पसलमा व्यापार खस्किएको छ ।
दैनिक दुइ किलो सुन खपत हुने जिल्लामा अहिले आधा किलो सुन बिक्री गर्न समस्या भएको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष यमबहादुर विकले जानकारी दिनुभयो । सुनको मुल्यमा भारी मात्रामा वृद्धि भएपछि त्यसको प्रभाव बजारमा परेको हो ।
विवाह, चाडपर्वमा समेत नयाँ सुन खरिद गरेर लगाउने सस्कारका गिरावट आएको उहाले बताउनुभयो ।
सुनचाँदी पसलमा पुरानो सुन ल्याउने र नयाँ सुन साटफेर गरेर लैजानेको सख्या धेरै भएका छन् । खरिद गर्नको लागि उपभोक्तासंग क्रय शक्ति कमजोर भएको छ । विवाह उत्सवमा समेत घरमा भएका सुनलाई सफा गरेर लगाइदिनको लागि पसलमा आउने गरेका छन् । नयाँ खरिद गर्ने नगन्य मात्रामा भएको उहाले बताउनुभयो ।
यसरी सुन बिक्री कम भएको यस अगाडि महसुस गरिएको थिएन जिल्ला अध्यक्ष विकले भन्नुभयो । विक्री गर्न आउनेको सख्या वढेपछि बैकबाट खरिद गरेर ल्याउनु नपर्ने भएको छ । साटफेर गर्दा त्यसैको कारोबारले बजार सञ्चालन भएको व्यवसायीले जानकारी दिएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले सुन आयातमा भन्सार दर वृद्धि गरेपछि व्यवसायीलाई असर परेको बताउनुभयो । भारतमा भन्सार दर ६ प्रतिशत रहेको छ भने नेपालले २० प्रतिशत सुनमा भन्सार दर राखेपछि त्यसको प्रत्यक्ष प्रभाव व्यापारीलाई परेको छ उहाले भन्नुभयो । सरकारलाई भन्सार दर घटाउन माग गर्दै आएपनि त्यसको सुनवाइ भएको छैन रसाइलीले भन्नुभयो ।
भन्सार दर धेरै भएपछि व्यापारीले बैंक बाहिरबाट लुकी चोरी बजारमा आएको सुनबाटै व्यापार सञ्चालन गरिएको छ । बैंकबाट खरिद गरेर ल्याउदा महङगोमा खरिद गर्नु पर्ने बाहिरबाट खरिद गर्दा भन्सारमा लाग्ने शुल्क तिर्न नपर्ने भएपछि बाहिरको सुन खरिद गर्न व्यवसायी वाध्य भएको उहाले बताउनुभयो । अहिले नेपालमा बजारमा दैनिक १२ देखि १५ किलो सुन खपत भइराखेको छ । विदेशबाट नेपाल आउनेले ल्याउने सुन बैंकमा खरिद गरेर बजार जाने गरी दैनिक १५ किलोसम्म खपत भइराखेको उहाले जानकारी दिनुभयो ।
नेपाल भरीनै अहिले नयाँ सुन खरिद गर्ने भन्दा साटफेर गरेर काम सञ्चालन गर्ने उपभोक्ताको सख्या धेरै रहेको उहाले जानकारी दिनुभयो । सुनमा भएको मुल्य वृद्धि, समुदायमा पैसाको अभाव, आम्दानीका स्रोत खुम्चिनु लगाएको कारणले गर्दा नयाँ खरिद गर्ने भन्दा पुरानो बिक्री गर्ने, नयाँ लिने, साट्न केही रुपियाँ थप्ने र लिने जस्तो कारोबार देशै भरी चलकेको अध्यक्ष रसाइलीले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट