चितवन, । चितवनको भरतपुरमा दसैं तिहार केन्द्रित जुत्ताचप्पल व्यापार मेला हुने भएको छ ।
चितवन उद्योग संघको आयोेजनामा चितवन प्रदर्शनी केन्द्रमा असोज १ देखि २४ गतेसम्म मेला आयोजना हुन लागेको हो । जुत्ताचप्पलसंगै गाडी मेला समेत आयोजना हुने शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी दिएको छ ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो । मेलामा आठ कम्पनीका नौं वटा ब्राण्डका जुत्ता प्रदर्शनीमा राखिने सह– आयोजक संस्था बेस ग्लोबल प्रा.लिका अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।
नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु लेडिज,जेन्स,बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने जानकारी दिएको छ । मेलामा ४० वटा स्टल रहने छ ।
मेलामा करिब ३० हजार जोर जुत्ता,चप्पलको बिक्री हुने हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ । प्रत्येक दिन जुत्ता चप्पल खरिद गर्ने ग्राहकलाई कुपनको ब्यवस्था गरिएको उपाध्यायले जानकारी दिनुभयो । उहाँले जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुने बताउनुभयो ।
यस्तै मेलामा सहभागी मध्येबाट लक्की ड्र मार्फत खोलिने कुपनहरुबाट एक जनालाई ५० हजार बराबरको खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ । स्वदेशी जुत्ता चप्पलको बारेमा आम उपभोक्तालाई जानकारी गराउन र स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचारप्रसार गर्न यो मेलाले सहयोग पु¥याउने चितवन संघका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मेलाले आर्थिक रुपमा चलायमान गराउँदै उद्यमी विच स्वच्छ प्रतिस्पर्धा गर्ने अवसर समेत प्रदान गर्ने बताउनुभयो ।
त्यस्तै गरी पर्व मेला अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा पहिलो पटक ‘काडा अटो शो आयोजना हुँदैछ । वडादसैंको सन्दर्भमा सवारी साधनहरु खरिद गर्ने प्रचलनलाई सहयोग गर्न २० भन्दा बढी ब्राण्डका गाडी तथा मोटरसाइकलका स्टलहरु रहने जानकारी दिएको छ । मेला अवधिभर प्रदर्शनी स्थलमा नै बैंक तथा विमाको सुविधा दिने अटोमोवाइल व्यवसायी यज्ञ पौडेलले जानकारी दिनुभयो । पुरानो गाडीसँग नयाँ गाडीको सट्टापट्टाको सुविधा समेत रहनेछ । करीब ३० करोडको कारोबार हुने लक्ष्य लिइएको काडा अटो शोमा सरल किस्ताबन्दी सुविधा भएको जानकारी दिइएको छ ।